नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8767 · वि.सं. २०६९
नि.नं. 8767 — भ्रष्टाचार
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ शाखा प्रबन्धक जस्तो जिम्मेवार ओहदामा बसेको पदाधिकारीले ऋण प्रवाह गर्दा अनिवार्य रुपमा धितो लिई सुरक्षित रुपमा लगानी गर्नुपर्ने पदीय कर्तव्यविपरीत विना धितो एउटै पार्टीलाई पहिलेदेखिको ऋण असूल हुन बाँकी रहेकै अवस्थामा पटक–पटक एल.सी.खोल्दै थप ऋण प्रवाह गर्नुबाट निजले असल नियत साथ सो विवादित प्रतीतपत्रहरू खोलेको नदेखिई ऋणी प्रतिवादीसँग मिलेमतो गरी बैंकलाई हानि नोक्सानी पुर्याउने समेतको वदनियत राखी सो कार्य गरेको मान्नु पर्ने । (प्रकरण नं.६) § Advanced on Credit तर्फको Back to Back एल.सी. खोल्दा ऋणीको फर्मले निर्यात गरेको सामानको रकम आयातकर्ताबाट प्राप्त भएपछि एल.सी.को रकम भुक्तानी दिनुपर्नेमा आयातकर्ताले रकम भुक्तानी नगर्दै एल.सी.को रकम भुक्तानी गरेको अवस्थामा बैंकको लिनुपर्ने रकम सुरक्षित गर्नेतर्फ चासो दिएको भन्न नसकिने । (प्रकरण नं.१०) § पहिला नै प्रवाह भएको ऋणबापत राखिएको धितोलाई नै पछिबाट एल.सी. खोल्दा आधार बनाई एकपछि अर्को गर्दै थप एल.सी. खोली अनबरत रुपमा ऋण प्रवाह गर्ने तर त्यसरी ऋण प्रवाह गर्दा सो ऋण र बैंकले ऋण असूल गर्नुपर्ने गरी तोकिएको म्यादसम्म हुन आउने ब्याज समेत खाम्न सक्ने गरी छुट्टाछुट्टै धितो भने नलिनुबाटै प्रतिवादीको असल नियत रहेको मान्न नसकिने । (प्रकरण नं.१२) § ऋणको कारोवारमा ऋण प्रवाह गर्ने पदाधिकारीको कामकारवाही प्रचलित कानूनको रीत पुर्याई असल नियतका साथ बैंकको लगानी सुरक्षित गर्ने गरी भएको हो होइन भन्ने तथ्यबाट मात्रै त्यस्तो पदाधिकारीको असल वा वदनियत स्थापित हुने । § पछाडि ऋण असूल भएको भन्ने मात्र आधारबाट तत्कालको अवस्थामा प्रतिवादीले अनियमित तवरबाट गरेको ऋण प्रवाहको कार्यको दायित्वबाट उन्मुक्ति पाउन नसक्ने । (प्रकरण नं.१३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8767 |
|---|---|
| मुद्दाको विषय | भ्रष्टाचार |
| निर्णय वर्ष / मिति | 2068/10/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशीला कार्की |
| मुद्दा नं. | २०६४-CR-०४६६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8767 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
