नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8762 · वि.सं. २०६९
नि.नं. 8762 — दर्ता बदर दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मोहीबाट बाली प्राप्त गरी भरपाई गराएकै आधारबाट मात्र उक्त जग्गालाई निजी गुठी भन्न नमिल्ने । § मूल प्रमाणका रुपमा पेश गरेको लालमोहरको व्यवस्थाले शेष कसर मात्र खान पाउने प्रकृतिको सम्पत्तिलाई निजी गुठी मान्ने आधार नहुने । (प्रकरण नं.६) § एकै दिन सोही अदालतले सोही विवादसँग सम्बन्धित जग्गालाई राजगुठी मानी भएको फैसला चुनौतीरहित रुपमा कायम रहिरहेको अवस्थामा सो अन्तिम फैसलाको विपरीत निजी गुठी मान्न नसकिने । (प्रकरण नं.७) § कुनै पनि जग्गा निजी गुठी भन्नलाई दाताको स्रोत र दातासँग दावीकर्ताको सम्बन्ध देखिनु पर्दछ । सो जग्गा कुन प्रयोजनका लागि गुठी राखिएको हो गुठीपत्र, दानपत्र, शिलालेख, ताम्रपत्र र ताडपत्र आदिबाट देखिनु पर्दछ । यस्ता लिखतका अलावा सो जग्गा निजी गुठीका रुपमा दाताका सन्तान दरसन्तानबीच प्रयोग भई आएको कुरा पनि प्रमाणबाट पुष्टि हुनुपर्दछ । यस्ता प्रमाण आपसमा भएका बण्डापत्र र बकसपत्र आदि हुन सक्दछन् । अड्डा अदालतमा परेका मुद्दा र तिनमा भएका फैसला पनि निजी गुठी देखिने आधार हुन सक्ने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8762 |
|---|---|
| मुद्दाको विषय | दर्ता बदर दर्ता |
| निर्णय वर्ष / मिति | 2068/06/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रकाश वस्ती | माननीय न्यायाधीश श्री कमलनारायण दास |
| मुद्दा नं. | २०६३-FI-१०३० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8762 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
