नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8761 · वि.सं. २०६९

नि.नं. 8761 — ज्यान मार्ने उद्योग

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ ज्यानसम्बन्धी अपराधहरूमा कर्तव्य ज्यान र यसको उद्योगको बीचमा अपराध स्थापित गर्ने तत्वहरूको रुपमा रहेको कार्य (Actus reus), मनसाय (Mens rea) र वैध प्रतिरक्षाको अभाव (absence of valid defense) को दृष्टिकोणबाट हेर्दा कुनै भिन्नता रहेको हुँदैन । केवल परिणामको दृष्टिले अपराधले पूर्णता पाउन मात्र बाँकी रहेको हुन्छ । कुनै अपराधको सन्दर्भमा सो अपराध गर्ने उद्योगको प्रश्न मनसायपूर्वक गरिएको आपराधिक कार्यमा मात्र सान्दर्भिक हुन आउने । § मनसायपूर्वक गरिएको अपराधमा मनसाय, तयारी, उद्योग र पूर्ण अपराधका चार चरणहरूमध्ये मनसाय र तयारीसम्मको चरणमा त्यस्तो अपराध गर्न चाहने व्यक्तिले आपराधिक कार्य घटाउनको लागि कुनै कार्य नगरेको हुनाले यो चरणसम्म अपराधको उद्योगको प्रश्न नउठ्ने । § अपराध गर्न चाहने व्यक्तिले मनसायअनुसारको तयारी पुरा गरी मनसायलाई कार्यरुप दिन सारवान रुपमा (Substantially) कुनै आपराधिक कार्य गरेको तर कुनै कारणले निजको कार्यबाट निजले अपेक्षा गरेको परिणाम प्राप्त नभएको अवस्थालाई उद्योगको रुपमा लिन सकिन्छ । यस्तो अपूर्ण कार्यलाई छुट्टै अपराधको रुपमा परिभाषित गरी कानूनले दण्डनीय बनाएको अवस्थामा सो कार्य गर्ने व्यक्तिले कानूनमा उल्लिखित आपराधिक दायित्व वहन गर्नुपर्ने । § ज्यान मार्ने उद्योगको अपराधमा कर्तव्य ज्यानको अपराधको लागि आवश्यक पर्ने आपराधिक कार्य, आपराधिक मनसाय र वैध प्रतिरक्षाको अभाव समेतका सबै तत्वहरू विद्यमान हुनु पर्दछ । तर, परिणामका दृष्टिले पीडितको मृत्यु भएको हुन भने नहुने । § ज्यान मार्ने मनसाय राखेर पीडितमाथि कुनै किसिमको प्रहार वा अन्य कुनै प्रकारको आपराधिक कार्य गर्दछ र उसलाई वैध प्रतिरक्षा उपलब्ध छैन भने त्यस्तो प्रतिवादीले ज्यान मार्ने उद्योगको अपराध गरेको मान्नुपर्ने । § ज्यान मर्न नपाएको अवस्था हुनको लागि तेस्रो पक्षको उपस्थिति अनिवार्य भने होइन । तेस्रो पक्षले हस्तक्षेप गरेको हुन पनि सक्दछ र नगरेको पनि हुन सक्दछ । कारण जेसुकै भएपनि ज्यान मर्नबाट बच्नु र कर्तव्य ज्यानको वारदातको लागि आवश्यक सबै तत्वहरूको विद्यमानता हुनु नै ज्यान मार्ने उद्योगको वारदात स्थापित हुन पर्याप्त हुने । (प्रकरण नं.४) § वारदातस्थलमा हातहतियार सहितका समूहमा प्रवेश गरेको अवस्थामा निजहरूले मार्ने मनसायले नै पीडित माथि हतियार प्रहार गरेको भए बाँच्न सक्ने अवस्था देखिन आउँदैन । यसबाट प्रतिवादीहरूमा जाहेरवालालाई मार्नेसम्मको मनसाय (Intention) थियो भन्ने स्थापित हुन नआउने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8761
मुद्दाको विषयज्यान मार्ने उद्योग
निर्णय वर्ष / मिति2068/12/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.२०६७-CR-०७७७
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8761
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्