नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8760 · वि.सं. २०६९
नि.नं. 8760 — कर्तव्यज्यान ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कानूनद्वारा आफ्नो विरुद्ध साक्षी हुन वा बयान दिन बाध्य पार्न नमिल्ने गरी संरक्षण वा सुविधा प्रदान गरेको अवस्थामा आफ्नो विरुद्ध प्रमाण लाग्ने गरी सहजरुपमा तथ्यका बारेमा मौन रहने नैसर्गिक वैयक्तिक स्वतन्त्रताभित्र पर्दछ । तसर्थ सोलाई आरोप पुष्ट्याईको कडी मान्न नमिल्ने । (प्रकरण नं.५) § प्रत्यक्षदर्शीको रुपमा नरहेका अन्य व्यक्तिहरूले गरेको कागज र बकपत्रको वैधता वा मान्यता हुँदै हुँदैन भनी अर्थ गरिन नहुने । (प्रकरण नं.६) § जाहेरी घटनाका विषयमा दिइने सूचनाको एक माध्यम हो । यसले प्रमाण संकलनमा सहयोगीको भूमिका निर्वाह गर्न सक्छ, स्वयंले सार्थकता प्राप्त गर्दैन । यो आफैमा अकाट्य र स्वतन्त्र प्रमाण नहुने । § जाहेरी दरखास्त स्वयंमा सुनी सुनाई (hearsay) कथनमा आधारित रहेको तथा समयको लामो अन्तराल पश्चात् दर्ता भएको हुँदा त्यो घटनाको सत्यता वा वास्तविकतामा आधारित नभई कसैलाई फसाउने उद्देश्यबाट सुनियोजित तवरबाट अभिप्रेरित भैदिएको भनी शंका गर्ने पर्याप्त ठाउँ देखिने । (प्रकरण नं.१०) § अनुसन्धान र अभियोजन पक्ष आफ्नो जिम्मेवारी निर्वाह नगरी भएको त्रुटिको अदालतले सूक्ष्म रुपमा केलाएर न्याय प्रदान गर्नु नै वास्तविक न्याय हुने । (प्रकरण नं.१३) § अदालतले न्यायकर्ताको भूमिका निर्वाह गर्दा गहनतम जिम्मेवारीबाट बिचलन हुनु हुँदैन । न्यायकर्ताको एकमात्र उद्देश्य कुनै व्यक्ति विशेष अन्यायमा नपरून, दोषिले उन्मुक्ति नपाऊन, निर्दोष व्यक्तिको सुखमय जीवन अनाहकमा कारागारको घेरावन्दिमा बन्धनकारी रुपमा विताउन नपरोस् भन्ने धारणाले अभिप्रेरित हुनु पर्दछ । वस्तुनिष्ठ आधारको धरातलभन्दा माथि उठेर कोरा कल्पनाका मनचिन्ते विचारलाई अकाट्य प्रमाणको रुप प्रदान गरी ज्यान जस्तो जघन्य अपराधको दोषी ठह¥याउने परिपाटीलाई प्रोत्साहन गर्ने हो भने न्यायिक मार्ग विखण्डन हुन गै फितलो अनुसन्धानको वलीवेदीमा न्यायको वलिदान हुने । § वस्तुनिष्ठ प्रमाण नहुँदा नहुँदै प्रचार, हल्ला वा दवावमा अभिष्ठ तथा लोकप्रियतालाई माध्यम बनाई अनुसन्धान प्रारम्भ गर्ने र अभियोजन लगाउने परम्परालाई प्रोत्साहन दिई स्वतः अंगीकार गर्ने पात्र अदालत हुन नसक्ने । (प्रकरण नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8760 |
|---|---|
| मुद्दाको विषय | कर्तव्यज्यान । |
| निर्णय वर्ष / मिति | 2068/06/04 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री कमलनारायण दास |
| मुद्दा नं. | २०६६-CR-०८३७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8760 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
