नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8759 · वि.सं. २०६९

नि.नं. 8759 — उत्प्रेषणसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ तायदाती फाँटवारी दाखिल गर्ने व्यक्तिले वण्डा हुनुपर्ने होइन भनी उल्लेख नगरी कुनै व्यक्ति विशेषलाई करार गरी दिइसकेको भन्नेसम्म व्यहोरा उल्लेख गरेको कारणबाट मात्रै फाँटवारी दाखिला गर्ने सम्बन्धित व्यक्तिले दावी नगरेको अवस्थामा अंश हक जस्तो गम्भीर विषयमा अदालतले वण्डा गर्न नपर्ने भनी भन्न नमिल्ने । § अदालतले तायदाती फाँटवारीमा उल्लेख भएको सम्पत्तिमध्येबाट कुनै सम्पत्ति वण्डा नलाग्ने स्थितिको रहेछ भने त्यसको निश्चित आधार र कारण खुलाउनु पर्ने हुन्छ । तर, जिल्ला अदालतको फैसलाको ठहर खण्डमा यो–यो सम्पत्तिमा वण्डा नलाग्ने भनी उल्लेख नगरी तायदाती फाँटवारीमा उल्लेख भएको सम्पत्ति बण्डा लाग्ने भन्ने व्यहोरा उल्लेख भएको र पुनरावेदन अदालतबाट पनि तायदाती फाँटवारीमा उल्लेख भएका घर जग्गाहरूबाट वण्डा छुट्याई दिनु भन्ने व्यहोरा स्पष्टसँग उल्लेख भएको र सो फैसला सर्वोच्च अदालतबाट समेत सदर भएको स्थितिमा केवल जिल्ला अदालतको फैसलाको तपसील खण्डमा उल्लेख नभएको भन्ने आधारमा मात्रै उक्त जग्गामा बण्डा नलाग्ने भन्न नमिल्ने । (प्रकरण नं.३) § तायदाती दाखिल भैसकेको स्थितिमा तायदातीमा देखाइएका अंशबण्डा गर्नुपर्ने सम्पत्ति मुद्दा फैसला हुनुभन्दा २० दिन अगाडि हक हस्तान्तरण गरेको कार्यबाट अदालतको फैसलाबमोजिम आफ्नो भागमा पर्ने अंश छुट्याई लिन नपाई अंश जस्तो नैसर्गिक र कानूनी हकबाट बञ्चित हुने स्थितिको सिर्जना हुन आउने अवस्थामा जिल्ला अदालत नियमावली, २०५२ को नियम ७८क र ७८ख आकर्षित हुने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8759
मुद्दाको विषयउत्प्रेषणसमेत
निर्णय वर्ष / मिति2068/09/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री कमलनारायण दास
मुद्दा नं.२०६५-WO-००७३
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8759
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्