नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8758 · वि.सं. २०६९
नि.नं. 8758 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनै वारदातमा एकजना भन्दा बढी व्यक्ति सामूहिक रुपमा संलग्न रहेको अवस्थामा हरेक व्यक्तिको आपराधिक कार्यको विश्लेषण गरी हरेकको आपराधिक दायित्व निक्र्यौल गर्नुपर्ने हुन्छ । सबै व्यक्ति समान रुपले कसूरदार हुन भन्ने अबधारणा न्यायिक हुन नसक्ने । (प्रकरण नं.३) § धेरैजना व्यक्ति संलग्न रहेको वारदातमा एकभन्दा बढी व्यक्ति मुख्य अभियुक्त (Principal Offender) हुनसक्ने र सहायक अभियुक्त (Accessory Offender) पनि धेरै जना हुन सक्ने कुरालाई फौजदारी विधिशास्त्रले आत्मसात गरेको पाइने । § कुनै कर्तव्य ज्यानको अपराधमा एकजना भन्दा बढी व्यक्तिको संलग्नता रहेको त्यस्तो आपराधिक कार्यमा कुन व्यक्तिले के कस्तो भूमिका खेलेको छ, निजले खेलेको भूमिकाको गाम्भीर्यता (Gravity) समेतलाई विचार गर्नुपर्ने । (प्रकरण नं.५) § एक्लो व्यक्तिलाई हातहतियारले सुसज्जित समूहले आक्रमण गरी विभत्स तवरले पटक–पटक हानी काटी मारेको, आपूmले समेत मारेको कुरालाई स्वीकार गरेको एवं अन्य स्वतन्त्र प्रमाणबाट समेत विभत्स तरीकाले मारेको पुष्टि भइरहेको अवस्थामा सजाय कम हुनुपर्छ भन्ने जिकीर मनासिव देखिन नआउने । (प्रकरण नं.२३) § अभियोजन पक्षले आफूले अभियोग लगाएको व्यक्तिको तथ्यपरक ढंगले पहिचान गरी अभियोग लगाउनु उसको कर्तव्य तथा दायित्वको सीमाभित्र पर्दछ । हरेक अभियुक्तको बाबुको नाम, स्पष्ट ठेगाना (वडा नं., टोल, घर नं. आदि), उमेर खुलाई अभियोग लगाउनु अभियोजन पक्षको मूलभूत कर्तव्य हुने । (प्रकरण नं.४०) § अनुसन्धानको क्रममा वस्तुगत ढंगले कसूरदारको पहिचान नगरी अभियोग पेश गरेको, जाहेरी तथा अभियोग उल्लिखित ठेगाना तथा उमेर फरक भएको प्रमाणबाट पुष्टि भएको, व्यक्ति नै फरक भनी सप्रमाण जिकीर लिएकोमा अदालतबाट समेत पुर्पक्षको क्रममा सनाखत गराई पुष्टि नगरेको स्थितिमा केवल नाम मिलेको आधारमा मात्र कसूरदार ठह¥याउन नमिल्ने । (प्रकरण नं.४४) § कुनै वारदातस्थलमा कसैको भौतिक उपस्थिति (Physical Presence) हुँदैमा वारदातमा संलग्नता थियो भनी ठहर्याउनु न्यायसंगत नहुने । § मौकामा कागज गर्दा वारदातस्थलमा देखेको भने पनि अदालतमा आई बकपत्र गर्दा वारदातमा संलग्नता थियो भनी नभनेको स्थितिमा सुनेको आधारमा दिएको जाहेरी दरखास्त र वारदातस्थलमा थिए भन्ने भनाइका आधारमा मात्र कसूरमा संलग्न रहेको भनी मान्नु अनुमानमा आधारित हुन जान्छ । यसरी ठोस प्रमाणको अभावमा अनुमानको लिस्नु चढेर कसूरदार ठहर्याउन नमिल्ने । (प्रकरण नं.४५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8758 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2068/11/26 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| मुद्दा नं. | २०६७-CR-१०७९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8758 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
