नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8757 · वि.सं. २०६९
नि.नं. 8757 — अदालतको अपहेलना ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ अदालतको अपहेलनामा सजाय गर्ने अधिकार न्यायाधीशको गरिमा, व्यक्तिगत इज्जत र प्रतिष्ठाको लागि नभै समग्र अदालतको गरिमा र न्याय सम्पादनको कार्यलाई प्रभावकारी बनाउने उद्देश्यबाट प्रेरित हुन्छ । प्रभावकारी न्याय व्यवस्थाको लागि अदालतको गरिमामा जानाजान आँच आउने, प्रतिष्ठा र इज्जतलाई अपमानित गर्ने र न्यायिक कामकारवाहीमा जानाजान अवरोध सिर्जना गर्ने क्रियाकलापलाई निरुत्साहित गर्नुपर्ने । § (प्रकरण नं.६) § के कस्तो कामले अदालतको अपहेलना हुन्छ भन्ने कुरा त्यसको परिस्थितिअनुसार अदालत आफैले ठहर गर्ने कुरा हो । सोमध्ये अदालतको निर्णय वा आदेशको जानाजान अवज्ञा (Willfull Disobidence) गर्ने कार्य अदालतको अपहेलनाको महत्वपूर्ण आधार हुन आउँछ । यसरी आदेश वा फैसलालाई निस्तेज पार्ने वा न्याय सम्पादनमा अवरोध सिर्जना गर्ने प्रयास गरिएको कार्यलाई अदालतले गम्भीर भई सोच्नु पर्ने । (प्रकरण नं.९) § शुरु कारवाही अगाडि बढाउने प्रमुख व्यक्तिले न्यायिक कामकारवाहीमा अवरोध पु¥याउने उद्देश्यबाट कामकारवाही भएको होइन । अपहेलना हुन गएको भए क्षमायाचन गर्दछु भनी उल्लेख गरेको र अन्य विपक्षी समेत अदालतमा उपस्थित भई अदालतको आदेशप्रति सम्मान प्रकट गरेकाले अपहेलना गर्ने मनसाय रहेको भन्ने पुष्टि हुन नआउने । (प्रकरण नं.१२) § अन्तिम फैसलाबाट सजायमा हुनसक्ने थप, घट वा दोषी, निर्दोष कायम हुने हुँदा अन्तिम निर्णय हुनु अगावै कैद मिनाहा भएबाट न्यायिक प्रक्रियामा गम्भीर असर पर्ने । (प्रकरण नं.१४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8757 |
|---|---|
| मुद्दाको विषय | अदालतको अपहेलना । |
| निर्णय वर्ष / मिति | 2068/08/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8757 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
