नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8755 · वि.सं. २०६९
नि.नं. 8755 — उत्प्रेषणयुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ फैसलानुसार फैसला भएको ६० दिनभित्र आफूलाई लागेको कैद जरीवाना भोग्न, तिर्न बुझाउन मञ्जूर भै अदालतमा उपस्थित भएमा कैद जरीवानाको सजायमा २० प्रतिशत मिन्हा दिनुपर्ने गरी सम्बन्धित पक्षलाई बाध्यात्मक रुपमा दिइने सुविधा सम्बन्धी व्यवस्था दण्ड सजायको ४१क नं. ले गरेको हो । उक्त ऐनले तोकिदिएको समयावधिभित्र कैद जरीवाना लागेको व्यक्ति उपस्थित भै आफूलाई लागेको सजाय मिन्हाको मागदावी गरेमा सजाय कार्यान्वयन गर्ने निकाय वा अधिकारीले अन्यथा हुने गरी आफ्नो स्वविवेक प्रयोग गर्न सक्ने अवस्था आउँदैन तथा कानूनले प्रदान गरेको हक वा सुविधा दिन इन्कार गर्न नमिल्ने । (प्रकरण नं.६) § सार्वजनिक जबाफदेहीको पद समाल्ने पदाधिकारीले कुनै पनि ऐन कानूनद्वारा तोकिएका प्राबधान सही तथा समान रुपले पालना र कार्यान्वित गर्नुपर्ने हुन्छ । कानूनको गलत प्रयोगबाट व्यक्तिको कानूनप्रदत्त हक, अधिकार वा सुविधा अतिक्रमित हुन हुँदैन भन्ने सार्वजनिक पदाधिकारीले सदैव ख्याल राख्नुपर्ने । (प्रकरण नं.७) § कानूनमा भएको व्यवस्था सबै व्यक्तिका हकमा समान रुपमा क्र्रियाशील हुन दिनु फैसला कार्यान्वयन गर्ने दायित्व तोकिएका अधिकारीको कर्तव्य हुन आउँछ । कानूनद्वारा प्रदान गरिएको हक वा सुविधा उपभोग गर्नका लागि व्यवस्था गरिएको हुन्छ । यस्तो हक वा सुविधा प्रदान गर्न इन्कार गर्नु कानूनप्रतिकूल हुने । § कसूरदारको हितमा गरिएको कानूनी व्यवस्थाको प्रयोग र पालन गर्दा निजको हितप्रतिकूल हुने गरी फैसला कार्यान्वयन गर्ने अधिकारीबाट काम र व्यवहार गर्न नमिल्ने । § कानूनबमोजिम स्वयं अदालतमा उपस्थित हुन मुनासिव माफिकको समय र मौका नै नदिई २४ घण्टाभित्र नै पक्राउ गरिएको र सोही आधारमा आफै उपस्थित हुन नआएको भनी दण्ड सजायको ४१ नं.को कानूनले प्रदान गरेको सुविधा दिन इन्कार गर्न न्यायसंगत नहुने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8755 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2068/12/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६९, नि.नं. 8755 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
