नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8754 · वि.सं. २०६९

नि.नं. 8754 — सरकारी छाप दस्तखत कीर्ते

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ ब्लुबुक यातायात कार्यालयबाट जारी नभै त्यसमा भरिएका विवरण नक्कली भएको भन्ने तथ्य यातायात व्यवस्था कार्यालयको पत्र र विशेषज्ञको लिखत परीक्षण प्रतिवेदनबाट समेत समर्थित भएकाले त्यस्तो नक्कली कागजमा सरकारी अड्डाको छाप समेत लगाइएको अवस्थामा उक्त लिखत बनाउने कार्यबाट मुलुकी ऐन, कीर्ते कागजको प्रावधानबमोजिम कसूर भएको पुष्टि हुने । § कसूरमा इन्कार रहेको मात्र कथनले कुनै अभियुक्तलाई निर्दोष मान्न नसकिने, सो इन्कारी बयानलाई तथ्यपूर्ण ठोस एवं विश्वासप्रद प्रमाणबाट पुष्टि गर्नुपर्ने । § कीर्ते जस्तो फौजदारी अपराधमा कीर्ते गर्ने कार्यमा संलग्न रहेको भनी प्रमाणित हुन नसकेका व्यक्तिहरूलाई अभियोगदावी मात्रको भरमा सजाय गर्नु फौजदारी न्यायको सिद्धान्तको प्रतिकूल हुने । (प्रकरण नं.३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8754
मुद्दाको विषयसरकारी छाप दस्तखत कीर्ते
निर्णय वर्ष / मिति2068/07/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री बैद्यनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8754
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्