नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8745 · वि.सं. २०६९

नि.नं. 8745 — परमादेशसमेत ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नेपालको अन्तरिम संविधान, २०६३ को धारा ६७(घ) मा कानूनमा व्यवस्था भएबमोजिम दल त्याग गरेको देखिएको अवस्थामा संविधानसभाको सदस्यता रिक्त हुने व्यवस्था रहेको र दल त्याग गरेको मानिने वा नमानिने अवस्थाहरू निर्धारण गर्ने विधायिकी अधिकारलाई उक्त संवैधानिक व्यवस्थाले सीमित गरेको अवस्था नदेखिएको हुँदा दल त्याग ऐन, २०५४ ले सो सम्बन्धमा आवश्यक व्यवस्था गर्नसक्ने । § अन्तरिम संविधानको धारा ६७(घ) ले तोक्दै नतोकेको शर्त वा सीमाको परिकल्पना गरेका कारण दल त्याग ऐन, २०५४ को दफा ५(१)(घ) को व्यवस्था अन्तरिम संविधानको धारा ६७(घ) सँग बाझिएको छ भन्न नमिल्ने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8745
मुद्दाको विषयपरमादेशसमेत ।
निर्णय वर्ष / मिति2068/09/07
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री तर्कराज भट्ट
मुद्दा नं.२०६७-WS-००२७
उद्धरण सन्दर्भने.का.प. २०६९, नि.नं. 8745
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्