नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8741 · वि.सं. २०६८
नि.नं. 8741 — उत्प्रेषणयुक्त परमादेशसमेत
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनै पनि उद्योगको स्थापनाबाट वातावरण र आमजनताको स्वास्थ्यमा र आवासीय क्षेत्रमा केही न केही अनुकूल एवं प्रतिकूल प्रभाव पर्ने भए पनि देशको आर्थिक विकास एवं आमजनताको आवश्यकताहरू पूरा गर्ने प्रयोजनको लागि सेवामूलक उद्योगहरूको योगदान र महत्वलाई न्यून आंकलन गर्न नसकिने । § कानूनमा व्यवस्था भएबमोजिम वातावरणीय पक्ष अध्ययन गरी तयार भएको प्रतिवेदन समेतको आधारमा उद्योग सञ्चालनको स्वीकृति प्रदान गरिएको र उद्योगले प्रतिकूल प्रभाव पारेको कुरा वस्तुगत रुपमा पुष्टि समेत हुन नसकेको अवस्थामा मनोगत कुराको आधारमा मात्र वातावरण, आमजनताको स्वास्थ्य एवं आवासीय क्षेत्रमा प्रतिकूल प्रभाव परेको र सो कारणले उद्योग बन्द गर्नुपर्नेसम्मको अवस्था उत्पन्न भएको भनी मान्न नसकिने । (प्रकरण नं.४) § औद्योगिक व्यवसाय ऐन, २०४९ अनुसार दर्ता भएको उद्योगले अनुमति वा दर्ता प्रमाणपत्रमा उल्लिखित शर्तहरूमा पालना नगरेमा वा उक्त ऐनको अरु कुनै कुरा उल्लंघन गरेमा नेपाल सरकारले उद्योगको दर्ता वा अनुमति खारेज समेत गर्ने र उद्योग बन्द समेत गराउने व्यवस्था सोही ऐनको दफा २५ मा रहेको र उद्योग दर्ता गरी दिइएको प्रमाणपत्रमा उद्योगले पालना गर्नुपर्ने शर्तहरू पालना नगरिएमा सो कानूनी व्यवस्थाअनुसार सम्बन्धित निकायले उद्योग बन्द गर्ने निर्णय समेत गर्न सक्ने उल्लेख भएकाले अन्य उद्योगहरू बारे नेपाल सरकारले निर्धारित गरेको नीति एवं नियमहरू यस उद्योगले समेत पालन गर्नुपर्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8741 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेशसमेत |
| निर्णय वर्ष / मिति | 2068/10/25 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश डा.श्री भरतबहादुर कार्की |
| मुद्दा नं. | २०६७-WO-०९२६ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8741 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
