नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8740 · वि.सं. २०६८
नि.नं. 8740 — छूट जग्गा दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मुद्दा एक वा अनेक भन्ने कुरा त्यसमा सन्निहित माग तथा प्रतिवाद र निर्णय गर्नुपर्ने विषयले निर्धारित गर्ने हो । प्रशासकीय सुविधा वा अज्ञानताले अलग–अलग फायल खडा भई टिप्पणी आदेश अलग भए भन्दैमा मुद्दा नै अलग–अलग नहुने । (प्रकरण नं.७) § अ.वं. १९३ नं. मा एउटै निर्णय वा विषयका सम्बन्धमा एउटै पुनरावेदन गर्न सकिने हो वा होइन भन्ने सम्बन्धमा स्पष्ट उल्लेख नभए पनि मुद्दाको विषयवस्तु समान छ भने पुनरावेदन गर्दा विवादका पक्षहरूले एउटै वा संयुक्त रूपमा गर्न सक्ने हुन्छ । यस्तोमा अलग–अलग पुनरावेदन गर्न वाध्य बनाउन नमिल्ने । (प्रकरण नं.८) § विवादका पक्षहरूले जग्गा दर्ताका विषयमा छुट्टाछुट्टै निवेदन गरे पनि एउटै निकायमा समान विवादित विषयवस्तु भएको मुद्दाको एकै मितिको निर्णयमा सबै पुनरावेदकहरूले संयुक्त रूपमा एउटै पुनरावेदन दायर गर्दैमा त्यस्तो पुनरावेदन पत्र कानूनप्रतिकूल मानी खारेज गर्नु अ.वं. ७२ नं. र १९३ नं. समेतका न्यायिक मान्यताको समेत प्रतिकूल हुने । (प्रकरण नं.९) § प्राविधिक एवं कार्यविधिगत प्रश्नलाई महत्व दिई व्यक्तिको सारवान अधिकारलाई गौण बनाई पुनरावेदन पत्र नै खारेज गर्नु न्यायिक मान्यताको प्रतिकूल हुन जाने हुन्छ । न्याय माग्न अदालत प्रवेश गर्ने पक्षहरूको सारवान पक्षलाई प्राविधिक पक्षले धरासायी बनाउन नसक्ने । § (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8740 |
|---|---|
| मुद्दाको विषय | छूट जग्गा दर्ता |
| निर्णय वर्ष / मिति | 2068/07/27 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8740 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
