नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8735 · वि.सं. २०६८

नि.नं. 8735 — निर्णय बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ भोगचलन गरेकै कारण कुनै जग्गाको स्वामित्व वा भोगाधिकार भोग गर्न दिनेको नाममा रहेको भनी मान्न नसकिने । § कानूनी आधार र स्पष्ट स्रोतवेगर जग्गाधनी र मोहीको नाम खाली रहेको जुनसुकै जग्गामा जोसुकैले पनि दावी गर्न र भोगचलन गर्न नपाउने । § जग्गामा हक अधिकार स्थापित रहेको भन्ने कुनै लिखत प्रमाणबाट नदेखिएको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको निर्णयको परिणामसँग प्रत्यर्थीहरूको सरोकार रहने विषय रहेको भन्न मिलेन । सरोकारै नभएको र कारवाही निर्णय प्रक्रियामा सहभागी नै नगराइएको व्यक्तिले आयोगको निर्णयउपर अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५(ग) अनुसार विशेष अदालतमा पुनरावेदन गर्न नपाउने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8735
मुद्दाको विषयनिर्णय बदर
निर्णय वर्ष / मिति2068/08/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
मुद्दा नं.२०६६-CI-०५०७
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8735
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्