नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8733 · वि.सं. २०६८

नि.नं. 8733 — उत्प्रेषण, परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निर्माणको काममा प्रतिस्पर्धा गराउन बोलपत्र आव्हान गर्दा जे जति बोलपत्र बिक्री भए पनि ती सबै बोलपत्र दर्ता हुनुपर्छ भन्ने मान्यता राख्नु सान्दर्भिक र न्यायिक नहुने । (प्रकरण नं.३) § जुन आर्थिक बर्षका लागि भनी विनियोजित बजेट रकम निकासा भई निर्माण कार्य गर्नुपर्ने हुन्छ सो आर्थिक वर्ष समाप्त भएपछि बोलपत्र आव्हान गरिए वा गरिएको बोलपत्रअनुसारको कार्य हुन नपाई रोकिन गएमा त्यसले कुनै अर्थ नराख्ने । (प्रकरण नं.४) § मुद्दाको विवादित विषयमा अन्तरिम आदेश जारी भएपछि बोलपत्रबमोजिमको ठेक्का स्वीकृतिको लागि अन्तिम अवस्थामा पुगेका प्रक्रियागत कामहरू प्रारम्भ भई निरन्तर रहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आदेशबमोजिम ठेक्का स्वीकृतिका लागि त्यस्तो अन्तिम अवस्थामा पुगेको बोलपत्र बिना आधार र कारण प्रक्रिया अवरुद्ध गरी रोकी पुनः टेण्डर गर्न लगाउन नमिल्ने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8733
मुद्दाको विषयउत्प्रेषण, परमादेश
निर्णय वर्ष / मिति2067/11/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री अवधेशकुमार यादव
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8733
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्