नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8730 · वि.सं. २०६८

नि.नं. 8730 — करारको दायित्व पूरा गराई पाऊँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ घरसारमा करारनामाको कागज गरी अदालतबाट प्रमाणित अधिकृत वारेसनामाद्वारा प्राप्त अधिकारलाई नियन्त्रित वा संकुचित गर्नुभन्दा अधिकृत वारेसनामा बदर गराउन सक्ने अधिकार हुँदाहुँदै कानूनबमोजिम सो नगरी करारनामाको कागज खडा गरी अधिकृत वारेसनामालाई निस्तेज गर्नु एवं सो करारनामाको आधारमा मात्र फिराद दावी गर्नु कानूनसम्मत नहुने । § करारनामाको कागजले अधिकृत वारेसनामाको कागजलाई नियन्त्रण, संकुचन र निस्तेज गराउन सक्ने कुनै कानूनी प्रावधान नरहे नभएको अवस्थामा कानूनको परिधिभित्र रही अधिकृत वारेसनामाबाट प्राप्त अधिकारअन्तर्गत जग्गा विक्री गरेका कामकारवाहीलाई अन्यथा भन्न नमिल्ने । (प्रकरण नं.७) § अरु व्यक्तिबाट करारको दायित्वको परिपालनाको अपेक्षा गर्नेले सर्वप्रथम आफूले सो करारबाट सिर्जित दायित्व पूरा गर्नुपर्ने भएकाले जग्गा फिर्ता समेतको माग दावी लिई फिराद दायर गर्दा आफूले बुझी लिएको रकम फिर्ता वा धरौट राख्नु पर्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8730
मुद्दाको विषयकरारको दायित्व पूरा गराई पाऊँ
निर्णय वर्ष / मिति2068/07/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामकुमारप्रसाद शाह | माननीय न्यायाधीश श्री गिरीशचन्द्र लाल
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8730
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्