नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8729 · वि.सं. २०६८

नि.नं. 8729 — निर्णय बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आफ्नो स्वामित्वअन्तर्गतको सम्पत्तिको स्याहार, सम्भार तथा व्यवस्थापन उचित रुपमा गर्ने दायित्व भएको संस्थाले आफ्नो दायित्व निर्वाह गर्न नसकेमा वा अनुचित वा बद्‌नियतपूर्वक प्रयोग वा परिचालन गर्न दिएमा सोको जिम्मेवारी निर्वाह गर्ने पदाधिकारी कानूनबमोजिम जवाहफेही हुनुपर्ने । (प्रकरण नं.७) § परम्परागत ढंगबाट सञ्चालन भई आएको विषयलाई सम्झौताको रुप दिई व्यवस्थित गरिएको पृष्ठभूमिमा सम्झौताको स्वरुप र त्यसमा भएका प्रमुख प्रावधानहरू प्रत्यक्षरुपमा पहिलो पक्षको हितविपरीत नदेखिएको अवस्थामा रकम र समयावधि किटानी गर्ने जस्ता विषयहरू सम्झौता कार्यान्वयनमा गएपछिको अवस्थामा संशोधन परिमार्जन हुनसक्ने अवस्था हुँदाहुँदै उक्त सम्झौता कार्यान्वयनमा आउँदा आउँदैको अवस्थामा सम्झौताको अन्तर्निहित उद्देश्यलाई नहेरी सम्झौतामा उल्लिखित शर्तहरू अनुचित भएको अर्थ गरी सम्झौता बदर गर्ने गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको आदेशलाई उचित र मनासिव मान्न नमिल्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8729
मुद्दाको विषयनिर्णय बदर
निर्णय वर्ष / मिति2068/03/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री दामोदरप्रसाद शर्मा | माननीय न्यायाधीश श्री कमलनारायण दास
मुद्दा नं.२०६७-CR-०२०१
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8729
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्