नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8702 · वि.सं. २०६८
नि.नं. 8702 — दूषित दर्ता, कित्ताकाट, नामसारी बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ दाखिल खारेजी गरिदिनुपर्ने अड्डाको कर्तव्य समेत रहेको अवस्थामा दाखिल खारेज नगराएकै कारणले मात्र कुनै व्यक्तिले राजीनामाबाट लिएको जग्गाबाट हक स्वतः समाप्त हुन्छ भन्न नमिल्ने । § राजीनामाअनुसार दा.खा ढिलो भएको कारणबाट राजीनामा नै बदर भएको अथवा निष्क्रिय भएको मान्न नमिल्ने । (प्रकरण नं.४) § एकपटक कानूनबमोजिम राजीनामा पास गरी हक हस्तान्तरण गरिसकेको जग्गा पुनः नापीमा आफ्नो नाममा गैरकानूनी तवरबाट नापी दर्ता गराएको अवस्थामा त्यस्तो हक नपुग्ने हदको दर्तालाई दूषित दर्ता मान्नुपर्ने हुँदा त्यस्तो कार्यलाई मान्यता दिइनु उपयुक्त नहुनुका साथै दूषित दर्ताबाट प्राप्त गर्नेको हक सिर्जना हुन नसक्ने । (प्रकरण नं.५) § कुनै व्यक्तिको हक अधिकार हनन् भई वा अन्यायमा परी अदालतमा उजूरी गर्नुपर्ने भएमा कुन कानूनको हदम्यादको आधारमा उजूरी दायर गर्ने भनी हदम्यादसम्बन्धी ब्यबस्थाको छनौट गर्ने अधिकार उजूरकर्तामा निहीत रहेको हुन्छ । वादीले फिराद दायर गर्दा आफूलाई उपयुक्त लागेको हदम्यादसम्बन्धी कानूनको छनौट गरी अदालत प्रवेश गरेको कुरामा विवाद उठाउन पाउने हक अन्य व्यक्तिमा हुन नसक्ने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8702 |
|---|---|
| मुद्दाको विषय | दूषित दर्ता, कित्ताकाट, नामसारी बदर |
| निर्णय वर्ष / मिति | 2068/03/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री बैधनाथ उपाध्याय |
| मुद्दा नं. | २०६७-CI-०३४४ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8702 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
