नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8699 · वि.सं. २०६८

नि.नं. 8699 — उत्प्रेषणसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ प्रहरी नियमावली, २०४९ र प्रहरी प्राविधिक नियमावली, २०५८ ले प्रहरी सेवाभित्र दुई अलग–अलग सेवाहरूको गठन गरी ती सेवाअन्तर्गतका पदहरूमा नियुक्ति र बढुवाका लागि समेत छुट्टाछुट्टै योग्यता निर्धारण गरेको र उक्त नियमावलीहरूले गरेको सो वर्गीकरणको तर्कसंगत र बोधगम्य आधार रहेको भन्नेसमेत देखिन आएको अवस्थामा नियुक्ति र बढुवाका सम्बन्धमा प्रहरी नियमावली, २०४९ ले गरेको व्यवस्थाको सापेक्षतामा प्रहरी प्राविधिक नियमावली, २०५८ को नियम ८(ख) र १४(३) ले गरेको व्यवस्था असमान र भेदभावपूर्ण रहेको भन्न नमिल्ने । (प्रकरण नं.१०) § राज्यका तर्फबाट समानहरूका बीच समान व्यवहार गरिनु पर्दछ र असमानहरूका बीच एउटै व्यवहार गरिनु हुँदैन भन्ने नै समानतासम्बन्धी अवधारणाको सार भएकाले प्रहरी सेवाभित्र गठित “सामान्य प्रहरी सेवा” र “प्रहरी प्राविधिक सेवा” छुट्टाछुट्टै उद्देश्य र प्रयोजनका लागि गठन गरिएकाले उक्त दुवै समूहका प्रहरी कर्मचारीहरू समान अवस्थाका छन्, त्यसैले उनीहरूका बीच नियुक्ति तथा बढुवासम्बन्धी विषयहरूमा समान योग्यता निर्धारण गरिनु पर्दछ, फरक–फरक योग्यता निर्धारण गर्नु भेदभावपूर्ण हुन्छ भन्न नमिल्ने । § सामान्य “प्रहरी सेवा” र “प्रहरी प्राविधिक सेवा” अन्तर्गत नियुक्ति वा बढुवा हुने प्रहरी कर्मचारीहरू समान अवस्थाका नहुने हुँदा परस्पर असमान अवस्थाका कर्मचारीहरूका बीच समान व्यवहार गरिनु पर्दछ भन्ने दावी आफैमा समानतासम्बन्धी अवधारणाको विपरीत र भेदभावपूर्ण हुने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8699
मुद्दाको विषयउत्प्रेषणसमेत
निर्णय वर्ष / मिति2068/08/08
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री भरतराज उपे्रती
मुद्दा नं.०६६-WS-००३०
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8699
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्