नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8693 · वि.सं. २०६८

नि.नं. 8693 — गैरकानूनी सवारी साधन दर्ता, भ्रष्टाचार

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पैठारी गरिएको गाडीको प्रज्ञापनपत्र भरेको र भन्सार तिरेको आधारमा मात्र गाडी यातायात कार्यालयमा दर्ता नामसारी वा ठाउँ सारी गर्ने कार्य हुन्छ । प्रज्ञापनपत्र र भन्सार तिरेको रसीदको अभावमा गाडी दर्ता गर्ने गराउने कार्य स्वतः कानूनविपरीत हुने । (प्रकरण नं.९) § केवल प्राविधिक कर्मचारीले दिएको प्रतिवेदनको आधारमा निर्णय गरेको भन्दैमा अन्य आवश्यक प्रमाणको अभावमा गरेको निर्णयले वैधानिकता पाउने र दावीबाट उन्मुक्ति पाउने आधार बन्न नसक्ने । § आफूले अनिवार्य रुपमा वुझ्नु पर्ने आवश्यक प्रमाण नबुझी कुनै स्रेस्ता वा प्रमाणबाट पुष्टि नभएको विवरण उल्लेख गरी गाडी नामसारीको निर्णय गर्ने कामकारवाही अज्ञानतावस वा सामान्य लापरवाहीसाथ गरिएको र त्यसमा वद्नियत थिएन भन्न सकिने आधार नदेखिने । (प्रकरण नं.१०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8693
मुद्दाको विषयगैरकानूनी सवारी साधन दर्ता, भ्रष्टाचार
निर्णय वर्ष / मिति2068/09/07
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री भरतराज उप्रेती | माननीय न्यायाधीश श्री वलराम के.सी.को राय | माननीय न्यायाधीश श्री अवधेशकुमार यादवको राय सो हदसम्म केही परिवर्तन गरी अभियोगदावीबमोजिम प्रतिवादीहरूलाई सजाय हुनुपर्छ भनी बहस गर्नुभयो | माननीय न्यायाधीश श्री वलराम के.सी.को राय सदर हुनुपर्छ भनी बहस गर्नुभयो | माननीय न्यायाधीश श्री वलराम के.सी. तथा अवधेशकुमार यादवले व्यक्त गरेको रायमध्ये कसको राय सदर हुने हो वा कानूनबमोजिम के हुनुपर्ने हो भन्ने सम्बन्धमा निर्णय दिनुपर्ने देखिन आयो
मुद्दा नं.०६७-CF-००११
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8693
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्