नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8690 · वि.सं. २०६८

नि.नं. 8690 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अंशियारको बराबर अंश हक लाग्ने कुरामा कुनै द्विविधा छैन । महिलाले प्राप्त गर्ने अंश हकको स्रोत भनेको वैवाहिक नाताले पतितर्फको पैतृक सम्पत्ति र अविवाहित अवस्थामा जन्मको नाताबाट बाबुतर्फको पैतृक सम्पत्तिबाट अंश प्राप्त गर्ने कानूनबमोजिमका अंशका हकदार हुन् । यिनीहरूले कसैको कृपा वा दया–मायाबाट अंश पाउने नभई कानूनी प्रावधानबाट नै अंश पाउने हकदार भएकाले महिला तथा बालबालिकालाई नाम मात्रको अंश दिने कलुषित भावना तथा उद्देश्यले अभिप्रेरित भई गरिएका त्यस्ता लिखतलाई आधार मानी नाम मात्रको अंश दिने किसिमले निचोडमा पुग्नु भनेको न्यायको मार्ग अवरोध गर्नु समान हुने । (प्रकरण नं.४) § पैतृक सम्पत्ति हाँगाको नाताले पहिला बाबु र त्यसपछि सन्ततिमा सरी आउने भए तापनि त्यस्तो पैतृक सम्पत्ति बाबुको एकलौटी मान्नु पर्ने ऐनको मनसायविपरीत हुने । (प्रकरण नं.५) § अंशको हक अंशियार भएका नाताले स्वतः प्राप्त गर्ने हक हुँदा यसरी स्वतः प्राप्त गर्ने अंश जस्तो नैसर्गिक कानूनी हकलाई निष्क्रिय वा संकुचित पार्ने गरी भएको कुनै लिखतले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । § अंशियारहरूले पारस्परिक सहमतिबाट आफूहरूले आफ्नो अंश हक प्रयोग गर्न सक्दछन । तर, त्यसरी अंशियारबीच कुनै लिखत वा व्यवहार गर्दा त्यस्तो कुनै अंशियारले आफूले अंश दिनुपर्ने अन्य अंशियारको असहमति हुँदाहुँदै उसको अंश हकलाई सीमित वा संकुचित गर्ने गरी कुनै लिखत गर्न पाईंदैन । अंश हक जस्तो नैसर्गिक अधिकारलाई कुण्ठित हुने गरी खडा भएको त्यस्ता लिखत स्वतः बदरभागी हुने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8690
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2068/02/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री कमलनारायण दास
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8690
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्