नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8689 · वि.सं. २०६८
नि.नं. 8689 — निर्णय लिखत दर्ता बदर जग्गा नामसारी
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ दण्ड सजायको ४६ नं. को व्यवस्थाअनुरूप नै बण्डा छुट्टाउनको लागि निवेदन दिनुपर्नेमा त्यसरी निवेदन नपरेमा सो म्याद व्यतीत भएपछि फैसलाले पाएको अंश भागको जग्गा मञ्जूरी नलिईकन गरेको हक हस्तान्तरण कानूनअनुरूप नदेखिएकाले सोही विषयमा मुद्दा लिएर आउने हक छैन भन्न न्यायोचित् नहुने । (प्रकरण नं.६) § फैसलाबाट प्राप्त अंश हकलाई जहिले पनि निवेदन दिएर आफ्नो नाममा नामसारी गर्नको लागि दण्ड सजायको ४६ नं. ले स्पष्ट रुपमा रोक नलगाएको अवस्थामा नामसारी गरी आफ्नो नाममा दर्ता नगराएको अवस्थालाई मात्र आधार मानी अर्को पक्षले सो सम्पत्ति वेचविखन गर्न पाउँछ भन्ने अर्थ गर्दै जाने हो भने सामान्य प्रक्रियाको त्रुटि देखाएर अंश हक जस्तो नैसर्गिक हकबाट वञ्चित हुनुपर्ने स्थिति देखा पर्छ । बण्डा छुट्टयाई लिन नसकेको भन्ने आधारमा मात्र फैसलाबाट पाएको अंशको जग्गा आफ्नो हककायम गराई लिन पाउँदैन भन्न नसकिने । (प्रकरण नं.८) § अदालतबाट अंश मुद्दामा अन्तिम फैसला भइसकेपश्चात् सोही बण्डा गर्नुपर्ने सम्पत्तिलाई मञ्जूरी नलिई वेचविखन गरेको कार्य कानूनसम्मत् मान्न नमिल्ने । (प्रकरण नं.९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8689 |
|---|---|
| मुद्दाको विषय | निर्णय लिखत दर्ता बदर जग्गा नामसारी |
| निर्णय वर्ष / मिति | 2068/01/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री तर्कराज भट्ट |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8689 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
