नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8688 · वि.सं. २०६८

नि.नं. 8688 — भ्रष्टाचार

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आफूहरूलाई अधिकार नै नभएको, खातामा रकम नै नभएको, स्वीकृत कर्जा सीमा समेत नभएकोमा पनि पटकैपिच्छे रकम भुक्तानी दिने दिलाउने कार्य कानूनसम्मतको कार्य हो भन्न नमिल्ने । § पैसा नभएको खाताबाट ओभरड्रन कर्जाको नाममा पटक–पटक चेक भुक्तानी गरिएको देखिएको कार्यलाई असल नियतले गरेको कार्य हो भन्न नसकिने । § आफूलाई अधिकार नभएको स्थितिमा सीमाभन्दा वढी कर्जा लगानी गरी पछि कर्जा सीमा स्वीकृत भएर आउँछ भन्ने अनुमान गरेर तथा बैंकको महाप्रबन्धकको मौखिक भनाईको आधारमा लगानी गरेको हो भन्ने तर्कलाई कानूनसम्मत भन्न नमिल्ने । (प्रकरण नं.४) § कर्जा सीमा स्वीकृत नभएका व्यक्तिलाई मौखिक निर्देशन भनी ओभरड्रन हुने गरी भुक्तानी दिन र ड्राफ्ट बनाई दिन कानूनतः मिल्ने देखिँदैन । जिम्मेवार पदमा कार्यरत् त्यस्ता कर्मचारीले माथिको दबावमा काम गर्नु परेको थियो भनी त्यसलाई सफाइको आधार बनाउन नमिल्ने तथा मौखिक आदेश आफैँमा अनधिकृत र कानूनविपरीत छ भने त्यस्तो आदेशलाई सफाइको आधार बनाउँदै प्रमाणको रुपमा प्रस्तुत गर्न प्रयासरत् रहनु पनि दुराशयपूर्ण कार्य हुने । (प्रकरण नं.९) § बैंकिङ्ग नीति तथा कार्यविधिअनुसार कर्जा सीमा स्वीकृत भइसकेपछि सुरक्षणबापत विधिवत् मूल्याङ्कन गराई राखिएको धितो विधिवत् सो धितो पास गराएपश्चात् मात्र ओभरड्रन कर्जा सुविधाअन्तर्गत रकम भुक्तानी दिन सकिने स्थितिमा सोको विपरीत कुनै पनि प्रक्रिया अबलम्बन नगरी सीधैं ओभरड्रन कर्जा भनी रकम भुक्तानी लिनु दिनु गरेको कार्यबाट बैंकलाई हानि र आफूहरूलाई गैरकानूनी लाभ पुर्‍याउने नियतले गरिएको त्यस्तो कसूरजन्य कार्य गरिसकेपछि त्यस्तो रकम बुझाउँछु भनी जिकीर लिदैमा स्थापित भइसकेको कसूरबाट छुटकारा पाउन सक्ने अवस्था नहुने । § (प्रकरण नं.१३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8688
मुद्दाको विषयभ्रष्टाचार
निर्णय वर्ष / मिति2068/03/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री तर्कराज भट्ट
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8688
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्