नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8687 · वि.सं. २०६८

नि.नं. 8687 — कर्तव्यज्यान ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वारदात एकान्तस्थल जंगलमा घटेकोले त्यस्तो ठाउँमा अन्य व्यक्तिको उपस्थिति हुन सक्ने सम्भावना नहुँदा कर्तव्य गरी मारेको देख्ने प्रत्यक्षदर्शी साक्षीको उपस्थिति नहुनु स्वाभाविकै हो । त्यतिकै कारणले मात्र वारदातमा यी प्रतिवादीहरूको संलग्नता छैन भनी अन्य परिस्थितिजन्य प्रमाणलाई ठाडै अस्वीकार गर्न नमिल्ने । (प्रकरण नं.६) § इन्कारीले मात्र कुनै अभियुक्तले आरोपित कसूरबाट फुर्सद पाउन र सजायबाट उन्मुक्ति पाउन सक्दैन । सजायबाट बच्नका लागि अदालतमा सामान्य रुपले इन्कारी बयान गर्नु एउटा कुरा हो र त्यसको पुष्ट्याईका लागि विश्वसनीय र ठोस आधार, प्रमाण पनि पेश गर्न सक्नु अर्को कुरा हो । दुबै अवस्थालाई अदालतले गम्भीरतापूर्वक विचार गर्नुपर्ने हुन्छ । दुईमध्ये दोस्रो अवस्था बढी विश्वसनीय हुन सक्दछ जसको खण्डन वादी पक्षबाट हुन नसकेमा निर्दोषिताको लागि प्रमाणको रुपमा ग्राह्य हुन सक्ने । § अभियोजन पक्षबाट उल्लेख्य प्रमाणहरूको उपस्थितिमा अभियुक्तको पहिलो अवस्थाको सामान्य इन्कारी मात्र निजको निर्दोषिताको प्रमाण बन्न सक्दैन । किनभने सजायबाट बच्नका लागि मात्र अदालतलाई ढाँट्न खोजेको हो वा वास्तवमै अमूक अभियुक्त बेकसूर रहेको छ ? अदालतले उपलब्ध समग्र प्रमाणको विश्लेषण गरी सत्य र तथ्यको निरोपण गरी प्रमाणको आधारमा ठहर इन्साफ गर्नुपर्ने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8687
मुद्दाको विषयकर्तव्यज्यान ।
निर्णय वर्ष / मिति2068/03/31
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री तर्कराज भट्ट
मुद्दा नं.२०६७-RC-००५१
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8687
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्