नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8686 · वि.सं. २०६८
नि.नं. 8686 — ट्रेडमार्क दर्ता
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ नेपालको कानूनले दर्ता भएको ट्रेडमार्कको मात्र सुरक्षा गर्दछ । तर, उद्योग विभागमा दर्ता नभएको ट्रेडमार्क जतिसुकै लामो अवधिसम्म प्रयोग गरेको भए तापनि केवल प्रयोगको आधारमा मात्र यसको सर्जक वा प्रयोगकर्ताले यस्तो अदर्ता ट्रेडमार्क प्रयोग गर्ने एकाधिकारको हक प्राप्त गर्न नसक्ने । (प्रकरण नं.३) § कुनै ट्रेडमार्कको प्रयोग गरेको आधारमा मात्र यसको धनी वा प्रयोगकर्ता फर्म, कम्पनी वा व्यक्तिलाई सो ट्रेडमार्कउपर एकाधिकार प्राप्त नहुने हुँदा एउटै ट्रेडमार्क दुईवटा फर्म व्यक्ति वा कम्पनीले प्रयोग गरेमा वा प्रयोगको दावी गरेमा दुईमध्ये जसको नाममा ट्रेडमार्क दर्ता भएको छ सोही व्यक्तिले मात्र विवादित ट्रेडमार्कको वास्तविक धनीको रुपमा मान्यता पाउने, यसको प्रयोगमा एकाधिकार प्राप्त गर्ने र केवल प्रयोगको आधारमा मात्र सो ट्रेडमार्कउपर दावी गर्नेको कानूनी हक नहुने र यसरी कुनै व्यक्तिको नाममा दर्ता भएको ट्रेडमार्क निजको मञ्जूरीवेगर अन्य व्यक्ति, फर्म वा कम्पनीले प्रयोग गर्न पाउने हक नहुने । (प्रकरण नं.६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8686 |
|---|---|
| मुद्दाको विषय | ट्रेडमार्क दर्ता |
| निर्णय वर्ष / मिति | 2068/04/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री भरतराज उप्रेती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8686 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
