नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8678 · वि.सं. २०६८

नि.नं. 8678 — घरायसी अंशबण्डा सम्पत्तिको दाखिल खारेज ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ पुनरावेदकीय अधिकार भनेको कानूनी अधिकार हो, जुन कानूनद्वारा व्यवस्थित गरिएको हुन्छ । यो अन्तर्निहीत अधिकारका रुपमा प्रयोग गर्न मिल्ने हुँदैन । कानूनले पुनरावेदन लाग्ने भनी व्यवस्था नगरेको अवस्थामा पुनरावेदन गर्ने अधिकार रहन्छ भनी अरु कुरामा पुनरावेदकीय अधिकार भएको अदालत वा निकायले अनुमान गर्न नमिल्ने । (प्रकरण नं.४) § कानूनमा पुनरावेदन लाग्छ भनी उल्लेख भएको विषयमा पुनरावेदन सुन्ने निकाय कुन हुने भन्ने पनि सोही कानूनमा तोकिएको हुन्छ । सोही आधारमा साधिकार निकायमा पुनरावेदन गर्ने अधिकार सम्बन्धित पक्षमा रहन्छ । विधिकर्ताले नै पुनरावेदनको आवश्यकता नदेखेको विषयमा न्यायिक व्याख्याद्वारा पुनरावेदन लाग्ने भनी अधिकारक्षेत्र विस्तारित गर्न नमिल्ने । § कानूनले प्रदान गरेको अधिकारअन्तर्गत पक्षको पुनरावेदन परेको अवस्थामा पुनरावेदकीय अधिकारक्षेत्रको प्रयोग गरेमा मात्र त्यस्तो निर्णयले आफ्नो क्षेत्राधिकारको वैधता प्राप्त गर्न सक्दछ । अन्यथा अधिकारक्षेत्रात्मक त्रुटि भई भएको निर्णय कायम रहन नसक्ने भई बदर हुने । (प्रकरण नं.५) § विशेष ऐनले गरेको पुनरावेदनसम्बन्धी अधिकार विशेष पुनरावेदकीय अधिकार हो । सामान्य पुनरावेदकीय अधिकार असीमित हुन्छ भने विशेष पुनरावेदकीय अधिकार सीमित हुन्छ । विशेष ऐनले जति कुरामा पुनरावेदन सुन्ने अधिकार प्रदान गर्दछ, त्यति कुरामा मात्र पुनरावेदकीय अधिकारक्षेत्र ग्रहण गर्न सकिने । (प्रकरण नं.७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8678
मुद्दाको विषयघरायसी अंशबण्डा सम्पत्तिको दाखिल खारेज ।
निर्णय वर्ष / मिति2068/03/09
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री भरतराज उप्रेती
मुद्दा नं.०६६-DF-००१८
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8678
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्