नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8674 · वि.सं. २०६८
नि.नं. 8674 — बन्दीप्रत्यक्षीकरण
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ विद्यालयको प्रगति विवरण पत्र र आमाको राहदानी समेत हेर्दा आमाले बच्चालाई त्यागेको अथवा हितविपरीत लापरवाही ९ब्दबलमयलmभलत यच ल्भनभिअत० गरेको भन्ने पनि देखिन आएन । इजलाससमक्ष उपस्थित बच्ची हजुरआमा, आमा तथा हजुरबुबासँग अत्यन्त सहज ढंगबाट घुलमिल गरिरहेकी र यी निवेदक बाबुलाई चिने पनि निजबाट टाढा रहन रुचाएको देखिँदा नाबालिकालाई विपक्षीहरूले बच्चीको ईच्छाविरुद्ध निवेदकले जिकीर लिए झै बन्दी बनाएर राखेको पुष्टि हुन नआउने । (प्रकरण नं.२) § कुनै पनि बालबालिकाको पारिवारिक गच्छेअनुसार उत्तम शिक्षा, उचित लालनपालन र समुचित स्वास्थ्य सेवा नैसर्गिक कानूनी हक हुन् । यी हक उनीहरूलाई प्रदान गर्नु परिवार र अन्ततः राज्यकै कानूनी कर्तव्य हो । यी बाल अधिकार र निजहरूप्रति सम्बद्ध पक्षलाई कर्तव्य पालन गराउन अदालत पनि त्यत्तिकै संवेदनशील रुपमा प्रस्तुत हुनुपर्ने । (प्रकरण नं.५) § यस प्रकृतिको बन्दीप्रत्यक्षीकरणको विवादमा पक्ष र विपक्षको अहंम तुष्टिभन्दा सम्बद्ध बालबालिकाको सर्वोत्तम हित र आफ्नो ईच्छा जाहेर गर्न नसक्ने यस्ता नावालिगहरूलाई नेपाल कानूनद्वारा प्रत्याभूत अधिकार र बालबालिकासम्बन्धी महासन्धि, १९८९ द्वारा अभिनिश्चित घोषणाको पूर्ण रुपेण परिपालन गराउन अदालत सदैव उद्यत रहने । § चार वर्षीया नावालिगलाई आमा र मावलीबाट छुटाई दिँदा निज बच्चीलाई पर्ने सम्भावित मानसिक उत्पीडनको आंकलन र समुचित लालनपालन, स्याहार सुसार, शिक्षादीक्षा तथा औषधोपचारको दृष्टिकोणबाट समेत बन्दीप्रत्यक्षीकरणको आदेश जारी गर्नु बच्चीको हितविपरीत मात्र नभएर निजको भविष्यप्रति नै असंवेदनशील हुन पुगिने । (प्रकरण नं.६) § बालबालिकाको सर्वोत्तम हितका प्रश्न अन्तर्निहीत रहने विवादमा दिइने आदेश वा निर्णय तत्काल प्राप्त आधारहरूको विश्लेषणमा आधारित हुन्छन् । बाबु आमाको यस पछाडिको क्रियाकलाप तथा नावालिगको संरक्षकत्व ग्रहण गर्नेको पारिवारिक र आर्थिक स्थितिले नावालिगको संरक्षकत्वका हकमा यथा समयमा प्रचलित कानूनबमोजिम उचित निर्णय लिन अदालत सदैव सक्षम रहने । (प्रकरण नं.७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8674 |
|---|---|
| मुद्दाको विषय | बन्दीप्रत्यक्षीकरण |
| निर्णय वर्ष / मिति | 2068/05/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री अवधेशकुमार यादव | माननीय न्यायाधीश श्री प्रकाश वस्ती |
| मुद्दा नं. | २०६८-WH-००१२ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8674 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
