नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8673 · वि.सं. २०६८

नि.नं. 8673 — सम्बन्ध विच्छेद्

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ लोग्ने स्वास्नीबीचमा सम्बन्ध विच्छेद् हुने भएमा अदालतले निजहरू बीच अंशबण्डा गर्न लगाएर मात्र निर्णय गर्नुपर्ने भनी ऐ. को ४(क) नं.मा व्यवस्था गरेको पाइन्छ भने स्वास्नीले अर्कोसँग विवाह गरेमा लोग्नेस्वास्नीको २ नं. ले त्यस्तो लोग्नेस्वास्नीको सम्बन्ध स्वतः विच्छेद् हुने हुँदा त्यस्तोमा अंशबण्डा गर्नुपर्ने गरी कुनै कानूनी व्यवस्था भएको नदेखिने । (प्रकरण नं.३) § सम्बन्ध विच्छेदको प्रश्नसँग अंशबण्डाको प्रश्न समेत निहीत रहेको विवादमा लोग्नेस्वास्नीको १ नं को देहाय २ बमोजिम सम्बन्ध विच्छेदको माँग गर्ने वादी स्वयंले आफूले दायर गरेको मुद्दा अन्तिम टुङ्गो नलाग्दै अर्कोसँग विवाह गरेको र सो सम्बन्धी प्रमाण कागजहरू मिसिल संलग्न हुन आएको स्थितिमा त्यस्ता आधार प्रमाणलाई अनदेखा गर्न नमिल्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8673
मुद्दाको विषयसम्बन्ध विच्छेद्
निर्णय वर्ष / मिति2067/12/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री कमलनारायण दास
मुद्दा नं.०६५-CR-०६२४
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8673
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्