नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8671 · वि.सं. २०६८
नि.नं. 8671 — उत्प्रेषणयुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनै कानूनअन्तर्गत भए गरेको काम, कारवाही, निर्णय वा उठान भएको कानूनी प्रक्रिया सम्पन्न नहुँदै सो कानून खारेज भएमा वा अर्कै कानूनद्वारा प्रतिस्थापित भएमा खारेज भएको कानूनअनुसार भए गरेका काम, कारवाही, निर्णय वा कानून खारेजीको परिणामको सम्बन्धमा कानून व्याख्याको सिद्धान्तअनुरूप विवेचना गर्नुपर्ने । § विवादित बढुवा सूचनाले सम्भाव्य उम्मेदवारको लागि निष्क्रिय भइसकेको अध्यादेशअनुसार आवश्यक न्यूनतम् शैक्षिक योग्यताको शर्त उल्लेख गरे तापनि त्यो मान्य हुन नसक्ने । § कुनै काम, कारवाही, निर्णय हुनु वा कानूनी प्रक्रिया प्रारम्भ हुनुभन्दा पहिला नै निष्क्रिय भइसकेको कुनै ऐन, कानून वा अध्यादेशको अनुशरण गर्नु पर्दैन । पहिलेको कानून वा अध्यादेशको व्यवस्थालाई तत्कालै प्रतिस्थापन गर्ने अर्को कानूनी प्रावधानले निरन्तरता प्रदान गरेको खण्डमा मात्र पहिलाको प्रावधानअनुरूप पनि भए गरेको काम, कारवाही र निर्णय कानूनसम्मत् हुने अवस्था हुन्छ । अन्य अवस्थामा पहिलाको कानून अनुशरण गरी गरिएको काम, कारवाही, निर्णय वा प्रक्रियाले वैधता प्राप्त गर्न नसक्ने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8671 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2068/05/13 |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री भरतराज उप्रेती |
| मुद्दा नं. | २०६६-WO-०९५५ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8671 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
