नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8670 · वि.सं. २०६८

नि.नं. 8670 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बढुवा सम्बन्धमा उजूरी गर्ने तह तोकिएकोमा सोही तहमा उजूरी गर्नुपर्ने हुन्छ । गर्नुपर्ने तह वा ठाउँमा उजूर नगरी अन्यत्र गरेको उजूरीबाट सम्बन्धित तह वा ठाउँमा उजूरी गरेको सरहको मान्यता पाउन सक्ने स्थिति नरहने । § कानूनबमोजिम उजूरी नगरेमा आधारभूत कानूनी त्रुटि वा अयोग्यता विद्यमान भएमा बाहेक बढुवा प्रक्रियालाई त्रुटिपूर्ण मान्न सकिने अवस्था नरहने । § बेनामी उजूरीकै आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा सहकारी मन्त्रालयलाई तथा मन्त्रालयले कृषि अनुसन्धान परिषद्लाई बढुवा बदर र अन्य कारवाहीका सम्बन्धमा कारवाही गर्न भनी लेखी पठाएको देखिन्छ । उक्त आयोग बढुवा उजूरी सुन्ने अर्को तह ९क्गउचब(दयमथ० को स्थान ग्रहण गर्न नसक्ने । (प्रकरण नं.४) § बढुवा प्रक्रिया कानूनद्वारा निर्धारित प्रक्रिया भएकोले कानूनबमोजिम बाहेक अन्य प्रक्रियाबाट बढुवाको वैधताको परीक्षण हुन सक्ने देखिन्न । निर्देशन दिने अधिकार र निर्णय गर्ने अधिकार एउटै होइनन् । उजूरी वा पुनरावेदनको रोहमा पुनर्विचार गर्न सकिने विषयलाई निर्देशन दिने अधिकारअन्तर्गत राख्न मिल्दैन । कानूनी प्रक्रियाबाट टुङ्गिने कुरालाई निर्देशनबाट विस्थापित वा प्रतिस्थापित गर्न सकिँदैन । कानूनी प्रक्रियाबाहेकका अन्य व्यवस्थापन वा प्रशासकीय कुरामा कसैको हक अधिकारमा असर नपर्ने गरी कुनै कुराको लागि निर्देशन दिन सकिन्छ । तर, कानूनी प्रक्रियाबाट प्राप्त भएको वा हुने हकलाई निर्देशनको माध्यमबाट अन्यथा प्रभावित गर्न नमिल्ने हुनाले निर्देशन दिने अधिकारलाई सम्बन्धित सचिवले वाञ्छित हदभित्र रही विचार गर्नु र प्रयोग गर्नु पर्दछ । अन्यथा निर्देशन दिने अधिकार स्वयं गैरकानूनी गतिविधिको माध्यम हुन सक्ने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8670
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2068/04/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री भरतराज उप्रेती
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8670
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्