नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8668 · वि.सं. २०६८
नि.नं. 8668 — जिउँदो बालक फालेको
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ घटना वारदातको सत्यता अनुसन्धान प्रक्रियाबाटै स्थापित हुने हुँदा वारदातको वास्तविकतालाई अनुसन्धानको चरणबाट अलग गर्न नसकिने । § कसैउपर कुनै कसूरको आरोप लगाई पक्राउ गरी हिरासतमा राख्नु र निजहरूको बयान लेख्नुले अनुसन्धान भरपर्दो र विश्वासिलो हुन सक्दैन । आरोप लगाएपछि सोको सत्यताको परीक्षण अनुसन्धानको क्रममा हुनु जरुरी हुन्छ । आरोप वास्तविक भए नभएतर्फ मौका अनुसन्धानकै चरणमा विचार गरिनु पर्ने । § सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को दफा ६(१) बमोजिम कुनै अपराधको तहकीकात शुरु गर्नुभन्दा पहिले तहकीकात गर्ने प्रहरी कर्मचारीले तहकीकात गर्ने कुराहरू खुलाई सम्बन्धित सरकारी वकील कार्यालयमा अपराधसम्बन्धी प्रारम्भिक प्रतिवेदन पठाउनु पर्ने र उपदफा (२) बमोजिम त्यस्तो प्रारम्भिक प्रतिवेदन प्राप्त भएपछि सरकारी वकीलले तहकीकातको सम्बन्धमा तहकीकात गर्ने प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिनसक्ने । § कानूनी व्यवस्थामा बाध्यात्मक रुपमा कर्तव्य नतोकेको अवस्था भए पनि जिम्मेवार पदाधिकारीले उक्त कानूनी प्रावधानलाई निष्क्रियताको रुपमा लिन मिल्ने हुँदैन । सरकारी वकीलले अनुसन्धानलाई बलियो, भरपर्दो र विश्वासिलो बनाउन सम्बन्धित प्रहरी कर्मचारीलाई आवश्यक निर्देशन दिनसक्ने अधिकार कानूनले दिएको कुरालाई विर्सन नहुने । (प्रकरण नं.७) § अदालतमा साक्षी उपस्थित गराउन अदालतले आदेश दिएपछि जुन प्रयोजनको लागि साक्षी झिकाइएको हो, सो प्रयोजन पूरा नहुन्जेलसम्म सम्बन्धित पक्षले अदालतले तोकेको दिनमा साक्षी उपस्थित गराउनु पर्ने हुन्छ । अदालतले पुनः पत्राचार गरिरहनु नपर्ने । § एकपटक साक्षी अदालतमा दाखिला गराउँदैमा साक्षीको वकपत्र नभएसम्म साक्षी उपस्थित गराउने दायित्व समाप्त भएको सम्झन नमिल्ने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8668 |
|---|---|
| मुद्दाको विषय | जिउँदो बालक फालेको |
| निर्णय वर्ष / मिति | 2067/11/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तपबहादुर मगर | माननीय न्यायाधीश डा श्री भरतबहादुर कार्की |
| मुद्दा नं. | ०६५-CR-०६१० |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8668 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
