नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8660 · वि.सं. २०६८

नि.नं. 8660 — अदालतको अपहेलना ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ दालअतको अपहेलनामा आरोपित व्यक्तिलाई सजाय गर्न सो व्यक्तिको कार्यले अदालतप्रतिको जनआस्था र विश्वसनीयतामा ह्रास भएको छ, छैन वा अदालतको मर्यादा र सम्मानमा खलल पुगेको छ, छैन भन्ने कुरा जति महत्वपूर्ण हुन्छ, सो कार्य गर्ने व्यक्तिमा त्यस्तो कार्य गर्दा त्यस्तो परिणामको अपेक्षा गर्ने मनसाय थियो, थिएन भन्ने कुरा पनि त्यति नै महत्वपूर्ण हुने । § अदालतको अपहेलनाको आरोप लागेको व्यक्तिमा आफ्नो कार्यप्रतिको पश्चाताप वा गल्ती स्वीकार गरी आफ्नो व्यवहार र आचरणमा सुधार ल्याउने मनोबल छ, छैन भन्ने कुरा समेतको विचार गर्नुपर्ने । § अदालत आफैँ हरहालतमा न्याय गर्ने निकाय भएकोले न्याय र अन्यायबीचको अन्तर छुट्याउन अत्यन्त संवेदनशील भएर हेर्नुपर्ने हुन्छ । अदालतले बदलाको भावनासाथ अपहेलनामा कारवाही वा निर्णय गर्दैन । कार्य र परिणामको निष्पक्ष विवेचना गरेर मात्र अपहेलना ठहर्ने/नठहर्ने र आरोपित व्यक्तिलाई सजाय गर्ने वा नगर्ने निर्णयमा अदालत पुग्नु पर्ने । (प्रकरण नं.५) § कुनै पनि व्यक्तिको अन्य व्यक्तिसँग के कस्तो सम्बन्ध रहन्छ भन्ने विषय ती सम्बन्धित व्यक्तिहरूको आपसी विषय भएको र यस्तो सम्बन्ध व्यक्तिहरूको आचरण र व्यवहारको विषय हो । न्यायाधीशको पनि व्यक्तिगत रुपमा अन्य व्यक्तिहरूसँग सुमधुर वा कटुतापूर्ण सम्बन्ध हुन सक्दछ । यस्तो व्यक्तिगत कटुतापूर्ण सम्बन्ध अदालतको अपहेलनाको विषयवस्तु बन्न नसक्ने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8660
मुद्दाको विषयअदालतको अपहेलना ।
निर्णय वर्ष / मिति2067/12/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री तर्कराज भट्ट | माननीय न्यायाधीश श्री बलराम के.सी. प्रति आक्रोशित र उत्तेजित भै सो फैसलाको सम्पूर्ण आदेश र निर्णयहरूलाई पूर्णरुपले अवज्ञा गर्ने | माननीय न्यायाधीश श्री बलराम के.सी. मध्ये सम्माननीय प्रधानन्यायाधीश श्री मीनबहादुर रायमाझी र मबीच साविकमा स्वभाविक सम्बन्ध भएपनि पछि म पुनरावेदन अदालत र त्यसपछि सर्वोच्च अदालतको न्यायाधीश रहँदाको अवधिमा हामीहरू बीच व्यक्तिगत र संस्थागत रुपमा समेत अत्यन्त कटुतापूर्ण सम्बन्ध रहेकोले उहाँ मप्रति पूर्वाग्रहप्रेरित रहेको तथ्य सम्मानीत अदालतसमक्ष अनुरोध गर्न चाहन्छु | माननीय न्यायाधीश श्री बलराम के.सी. मध्ये सम्माननीय प्रधानन्यायाधीश श्री मीनबहादुर रायमाझी र मेरो बीचमा साविकमा स्वभाविक सम्बन्ध भएपनि म पुनरावेदन अदालत र सर्वोच्च अदालतको न्यायाधीश रहँदाको अवधिमा व्यक्तिगत र संस्थागत रुपमा समेत अत्यन्त कटुतापूर्ण सम्बन्ध रहेकोले उहाँ मप्रति पूर्वाग्रहप्रेरित रहेको तथ्य अनुरोध गर्न चाहन्छु
मुद्दा नं.२०६७-MS-०००१
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8660
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्