नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8659 · वि.सं. २०६८
नि.नं. 8659 — सवारी ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनै सवारी चालकले कसैलाई नियतपूर्वक ठक्कर दिई मानिसको ज्यान मर्न गएको अवस्थामा सो सवारी साधन ज्यान मार्न प्रयोग गरिएको साधनको रुपमा रहने र त्यस्तो कार्यलाई अचानक भएको दुर्घटना (Accident) मान्न नसकिने । (प्रकरण नं.४) § अपराधको लागि चाहिने मनसाय तत्वको रुपमा लापरवाही (Recklessness) स्थापित गर्न घटना घटाएको समयमा निषेध गरिएको परिणाम अर्थात् मानिस मर्न सक्छ भन्ने कुराको जानकारी भएको हुनुपर्ने हुन्छ । त्यस्तो परिणामको पूर्वज्ञान भएको तर त्यस्तो परिणामको अपेक्षा गरेको थिएन भन्ने तथ्य स्थापित हुनुपर्ने । (प्रकरण नं.५) § कतिपय अवस्थामा पूर्ण सचेत रही, होशियारीकासाथ कुनै काम गर्दा पनि निषेधित परिणाम आउन सक्दछ । यस्तो अवस्थालाई रोक्न नसकिने दुर्घटना (Unavoidable Accident) को रुपमा लिई त्यस्तो कार्य गर्ने व्यक्तिमा आपराधिक मनसाय तत्वको पूर्ण अभावको कारणले त्यस्तो व्यक्तिलाई दोषी (Blameworthy) को रुपमा लिन नसकिने । (प्रकरण नं.६) § सापेक्षित अपराध (Relative Crime) मा आपराधिकताको (Blameworthiness) निर्धारण अपराधका सन्दर्भमा प्रतिवादीमा रहेको मनसाय तत्व (Mens rea) ले गर्ने गर्दछ । त्यस्तो अपराधका विभिन्न तहहरु हुने भएकोले कुनै खास वारदातका प्रतिवादीले कुन आधारमा कुन हदसम्म आपराधिक दायित्ववहन गर्नुपर्ने हो भन्ने निक्र्यौल गर्न वारदात घटाउन निजमा विद्यमान मनसाय तत्वलाई पहिचान र त्यसको स्तर (Degree) को निर्धारण गर्नु अनिवार्य हुने । (प्रकरण नं.७) § सवारी साधन चलाउने अनुमतिप्राप्त व्यक्ति र सवारी चलाउने अनुभवप्राप्त व्यक्तिले ट्राफिक नियम, संकेतहरु र तत्कालीन अवस्था र परिस्थितिको बारेमा स्वाभाविक रुपमा जानकारी राखी आपूmले त्यस्तो बेलामा मादक पदार्थ सेवन गरी तेज गतिमा चलाएको सवारीबाट घटना हुन सक्ने जानकारी भएको व्यक्ति हुन् भनी मान्नु पर्ने हुन्छ । यस्तो अवस्थामा पूर्ण होशियारीकासाथ नियन्त्रित गतिमा सावधानीपूर्वक सवारी चलाउने दायित्व पूरा नगरी आवश्यक सावधानी नअपनाई आवश्यकताभन्दा बढी गतिमा र मादक पदार्थ सेवन गरी सवारी चलाएबाट निजले लापरवाहीपूर्वक सवारी चलाएको देखिन आउने । (प्रकरण नं.१०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8659 |
|---|---|
| मुद्दाको विषय | सवारी ज्यान |
| निर्णय वर्ष / मिति | 2067/12/24 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री ताहिर अली अन्सारी | माननीय न्यायाधीश श्री तर्कराज भट्ट |
| मुद्दा नं. | २०६५-CR-०५४९ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8659 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
