नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8656 · वि.सं. २०६८
नि.नं. 8656 — उत्प्रेषणयुक्त परमादेश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ धन जमानी स्वीकार गरी पुनरावेदन गर्न दिने कानूनी व्यवस्थाबमोजिम धनको सट्टा जेथा जमानी अस्वीकार गर्नुपर्ने हुन्छ वा हुँदैन भन्ने सम्बन्धमा कसैले त्यस्तो अचल जग्गा जमिनलाई जमानीस्वरुप राखेर कुनै व्यवहार गर्दछ भने त्यसलाई धनजमानीभन्दा कम महत्वको वा तल्लोस्तरको जमानी हो भनी भन्नु पर्ने अवस्था नरहने । (प्रकरण नं.३) § धनजमानी र जेथा जमानी भन्ने दुई फरक शब्दावली प्रयोग भएको भए पनि यो प्रकृतिको जमानी पछाडि रहेको विषयवस्तु भनेको कुनै पनि व्यक्तिको धनसम्पत्ति नै हुन्छ चाहे त्यो चल होस् वा अचल । चल सम्पत्ति जमानी राखेमा यो धनजमानी भै माथिल्लो स्तरको जमानी हुने र अचल वा जेथा जमानी राखेमा त्यो तल्लो स्तरको जमानी हुने अवस्था समेत नदेखिने । (प्रकरण नं.४) § धन जमानी होस् वा जेथा जमानी जेसुकै प्रकारको जमानी दिएपनि अदालतले हेर्ने भनेको उक्त जमानीबाट अदालतले भरी पाउने वा पक्षलाई भराई दिने अङ्क खाम्न सक्छ वा सक्दैन भन्ने मात्र हो । जेथा जमानी दिन ल्याएको अवस्थामा उक्त जेथा के कति मूल्य पर्ने हो, सो जेथाले तिर्नुपर्ने विगो वा लागेको जरीवाना असूलउपर हुन्छ वा हुँदैन भन्ने तथ्यमा आवश्यक विवेचना गरी यदि सो जेथाले तिर्नुपर्ने विगो र लागेको जरीवानाको अङ्क खाम्न नसक्ने भएमा अस्वीकार गर्न सक्ने । § धनजमानी शब्द मात्र ऐनमा परेको जेथा जमानीको शब्द नपरेको भनी अत्यन्त संकीर्ण व्याख्या गरी निवेदकहरूले दिएको जेथा जमानी अस्वीकार गरी पुनरावेदन दर्ता गर्न इन्कार गर्ने गरेको निर्णय न्यायोचित नदेखिने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8656 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त परमादेश |
| निर्णय वर्ष / मिति | 2067/11/17 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री भरतराज उप्रेती |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8656 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
