नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8655 · वि.सं. २०६८

नि.नं. 8655 — आगो लगाई ज्यान मार्ने उद्योग

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ घटनास्थलमा घटना घटित हुनुपूर्व ठूलो संख्याको भीड रहेको र सो भीडमा आगो लगाउने कार्यमा संलग्न प्रतिवादीहरूलाई तत्कालै प्रहरीले पक्राउ गरेकोमा ती पक्राउ परे बाहेकका प्रतिवादी बनाइएका अन्य प्रतिवादीहरूले पनि आगो लगाएको भन्ने तथ्य स्थापित हुन नसकेबाट प्रतिवादी बाहेकका अन्य प्रतिवादीहरूको वारदात घटनामा प्रत्यक्ष संलग्न रहे भएको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं.६) § अभियोगमा बिगोमा गोश्वारा रुपमा यो यसको यति भनी दावी लिएबाट यो यो यति मूल्य बराबरको यस्तो सम्पत्ति भन्ने स्पष्ट खुल्न नसकेको यस्तो बिगो भराई पाउने सम्बन्धमा स्पष्ट रुपमा यकीन हुन नसकेको विषयमा अदालत आफैले किटान गरी दिन पनि नसक्ने हुँदा बिगो भराई पाउने भन्ने अवस्था पनि नरहने । (प्रकरण नं.७) § भेदभाव गरी अरुको हकमा हस्तक्षेप गर्ने कार्य मानवअधिकार र फौजदारी कानूनको दृष्टिले गम्भीर विषय हुन्छन । त्यसमा पनि धर्म वा समुदायको विवादका नाममा उत्तेजित बनाई व्यापक असर भएको आपराधिक कार्यमा परिणत हुन्छ भने त्यो झन गम्भीर विषय हुन्छ त्यस्तो विषयमा कानूनले विशेष सतर्कतापूर्वक गम्भीर एवं सख्त दृष्टिकोण लिन जरुरी हुन्छ भने त्यस्तो विषयमा कानून कार्यान्वयन अझ प्रभावकारी हुन जरुरी हुनुपर्ने । § व्यापक रुपमा भौतिक क्षति भएको परिस्थितिमा सम्बन्धित व्यक्तिका नोक्सानीका क्षतिपूर्ति गर्नुका अतिरिक्त फौजदारी कानूनका दृष्टिले त्यस्तो कसूर दोहरिन नदिने हिसावले पनि पर्याप्त अनुसन्धान साथ क्षतिको सही आंकलन गरी पर्याप्त उपचारप्राप्त गर्ने प्रयास हुनुपर्नेमा त्यस हिसावले मुद्दामा अनुसन्धान एवं दावी नै लिन नसकेको स्थितिमा मुद्दामा केही प्रतिवादीहरूलाई भएको सजाय मात्रले पर्याप्त परिपुरण हुने गरी पूर्ण न्यायको अनुभूति दिलाउन नसक्ने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8655
मुद्दाको विषयआगो लगाई ज्यान मार्ने उद्योग
निर्णय वर्ष / मिति2067/07/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री अवधेशकुमार यादव
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8655
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्