नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8654 · वि.सं. २०६८

नि.नं. 8654 — उत्प्रेषण परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ शान्ति सुरक्षा प्रदान गर्ने कर्तव्य निर्वाह गर्दा कसैको कानूनप्रदत्त हक अधिकारमा रोक लगाउन, नागरिकको कार्य र व्यवहारलाई कानूनविपरीत नियन्त्रित गर्नु र पेशा व्यवसायलाई कानूनको अधिकार र आधारबिना नियमन एवं सीमाङ्कन गर्नु युक्तिसंगत तथा कानूनी भन्न नमिल्ने । § रात्रिकालीन व्यवसाय सञ्चालन गर्ने व्यावसायी वा यसका कर्मचारीले अथवा यस्ता स्थलमा जाने सेवाग्राही वा उपभोक्ताले कानून उल्लंघन गरेको अवस्थामा कानूनी कारवाहीबाट छूट पाउने कुरा हुँदैन । तर यस्ता स्थलमा यदाकदा कानून उल्लंघनको कुनै घटना भएमा त्यस्ता कानून उल्लंघनकर्तालाई कानूनबमोजिमको कारवाही गर्नुपर्ने अवस्थामा सो व्यवसायलाई नै कानूनविपरीत नियन्त्रित र नियमित गर्नु उचित मान्न नसकिने । (प्रकरण नं.३) § राज्यको कुनै संयन्त्रबाट व्यक्ति, व्यावसायी, प्रतिष्ठान वा अन्य कसैउपर नैतिकता, सदाचार र अनुशासन पालना निमित्त कुनै नियन्त्रण वा नियमन गर्न परेमा सो नियन्त्रण औचित्यपूर्ण देखिनुपर्ने हुन्छ । त्यस्तै नियन्त्रण कानूनद्वारा प्रदत्त अधिकारअन्तर्गत गरिएका हुनुपर्छ तथा कानूनको आधारबिना प्रशासकीय आदेशबाट मात्र यस्तो नियन्त्रण गरिन नहुने । § कानूनी व्यवस्थाको अभावमा भिन्न–भिन्न समय वा भिन्न–भिन्न पदाधिकारीबाट व्यवसायको समय सीमा निर्धारण गर्ने, आफ्नो इच्छाअनुकूलको निर्देशन जारी गर्ने र व्यवसायको सञ्चालनमा अवरोध उत्पन्न हुन सक्ने गरी अन्य काम कुरा गर्ने कार्य उचित र मनासिव मान्न नसकिने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8654
मुद्दाको विषयउत्प्रेषण परमादेश
निर्णय वर्ष / मिति2067/09/01
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
मुद्दा नं.२०६६-WO-१३११
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8654
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्