नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8653 · वि.सं. २०६८

नि.नं. 8653 — रैकरजग्गाको लगत कट्टा समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आफूखुशी लेखिने चारकिल्ला र लालमोहर समेतका मुद्दा पर्नु धेरै वर्षअघिका लिखतमा उल्लिखित चारकिल्लामा आधारभूत अन्तर छ । कतैबाट पुष्टि गर्नु नपर्ने फिराद, निवेदन, राजीनामा बकसपत्र र करारनामा आदि लिखतमा लेखिएका चारकिल्ला स्वयममा निश्चयात्मक प्रमाण हुन सक्दैन । रजिष्ट्रेशनको १६ नं. ले यस्ता लेखिने किल्लाको स्वतन्त्र पुष्टि हुनुपर्ने स्वीकारेको छ । लालमोहर, काश्यपत्र, गुठीपत्र, दानपत्र, शिलालेख र ताम्रपत्र जस्ता मुद्दा पर्दा काम लाग्ला भन्ने उद्देश्यले खडा नगरिएका लिखतमा उल्लिखित चारकिल्लाको प्रामाणिक महत्व निश्चयात्मक हुन्छ । तर यस्ता लिखतको सक्कल नहेरी केवल पक्षले लेखेको वा प्रतिलिपि भनी देखाएको आधारमा अदालतले न्यायिक धारणा बनाउन नसक्ने । § आफैँले प्रतिलिपि भनी पेश गर्ने पक्षसँग सो लिखत यदि भएको भए नरहने वा नहुने अवस्था पर्दैन् । हकका स्रोत मानिएका यस्ता लिखतको फोटोकपी वा प्रतिलिपि मात्र हेरेर न्यायिक अवधारणा बनाउन न्यायोचित हुँदैन । सो लिखत अदालतले पेश गर्न आदेश दिंदा पनि पेश नगर्नुबाट निजका विरुद्व अवधारणा बन्दछ । प्रमाण ऐनको दफा ३५(१) बमोजिम सो लिखत पेश गरी प्रमाणित गराउन नसकेबाट त्यस्तो प्रमाणको अस्तित्व, आधिकारीकता र विश्वसनीयतामा नै प्रश्न खडा भएकोले प्रमाणका लागि ग्रहणयोग्य नदेखिने । (प्रकरण नं.२) § गुठी संस्थान ऐन, २०३३ को दफा ३९(१) को अधिकार गुठीको संरक्षणका लागि दिइएको हो, कुनै व्यक्ति विशेषको पृष्ठपोषण गर्न दिइएको होइन । न्यायिक अधिकार प्रयोग गर्ने निकाय वा व्यक्तिका आचार र व्यवहारमा निष्पक्षता, प्रमाणको मूल्याङ्कन गर्ने क्षमता र सक्षम निकायले विधिवत् रुपमा गरेका चुनौतीरहित निर्णयको सम्मान गर्ने न्यूनतम् न्यायिक मान्यता प्रदर्शित हुनु पर्दछ । यसो हुन नसके अदालतका आँखामा त्यस्ता निर्णय आदेश त्रुटिपूर्ण तथा आपत्तिजनक भई बदरयोग्य हुने । (प्रकरण नं.५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8653
मुद्दाको विषयरैकरजग्गाको लगत कट्टा समेत
निर्णय वर्ष / मिति2068/04/24
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री रामकुमार प्रसाद शाह | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8653
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्