नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8651 · वि.सं. २०६८
नि.नं. 8651 — फैसला आदेश बदर
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ फरक–फरक व्यक्तिहरूले फरक–फरक जिकीर लिई फिराद दायर गरेको अवस्थामा पनि एउटै तथ्य र विषयवस्तुमा एउटै न्यायाधीशले कहिले सदर र कहिले बदर गर्ने गरी राय व्यक्त गरी गरेको फैसलामा न्यायिक मनको प्रयोग गरी स्वच्छ सुनुवाइको आधारमा निर्णय भए गरेको रहेछ भनी सम्झन नमिल्ने । (प्रकरण नं.३) § न्यायाधीशले गरेको निर्णय निष्पक्ष तथा स्वच्छ सुनुवाइ गरी भएको हुनुपर्दछ भन्ने मात्र होइन, निष्पक्ष तथा स्वच्छ सुनुवाइ गरी भएको हो भन्ने देखिनु पनि पर्ने । (प्रकरण नं.४) § निर्णयकर्ताले एउटै विषयवस्तु समावेश भएको विवादको विषयमा एक पटक आफ्नो राय व्यक्त गरिसकेको अवस्थामा सोही विषयवस्तु समावेश भएको अर्को मुद्दामा पहिले व्यक्त भएको रायविपरीत कुनै आधार र कारण नखुलाई राय व्यक्त गर्ने कामकारवाही प्राकृतिक न्याय तथा स्वच्छ सुनुवाइको सिद्धान्तअनुकूल भए गरेको मान्न नमिल्ने । (प्रकरण नं.५)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8651 |
|---|---|
| मुद्दाको विषय | फैसला आदेश बदर |
| निर्णय वर्ष / मिति | 2068/03/21 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री तपबहादुर मगर | माननीय न्यायाधीश श्री तर्कराज भट्ट | माननीय न्यायाधीश श्री हरिबहादुर बस्नेतको एकल इजलासबाट अनुमति दिन मिलेन भनी उल्लिखित २०३८।२।२२ को फैसला बदर नभई उक्त फैसला सदर कायम भई अन्तिम भएर रहेको देखिन्छ | माननीय न्यायाधीश श्री हरिबहादुर बस्नेत समेतको इजलासबाट २०३८।२।२२ को फैसला बदर गर्ने ठह | माननीय न्यायाधीश श्री हरिबहादुर बस्नेतले मिति २०३८।२।२२ को फैसला सदर गर्ने गरी बाग्मती अञ्चल अदालतले गरेको फैसलाउपरमा परेको अनुमतिको निवेदनमा न्याय प्रशासन ऐन | माननीय न्यायाधीश श्री हरिबहादुर बस्नेत समेतको इजलासले मिति २०५६।२।१० मा निर्णय गरेको पाइन्छ | माननीय न्यायाधीश श्री हरिबहादुर बस्नेत समेत भै गरेको पुनरावेदन अदालत पाटनको मिति २०५६।२।१० को फैसला उक्त सिद्धान्त अनुकूल रहे भएको नदेखिनाले बदर गरी दिएको छ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8651 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
