नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8649 · वि.सं. २०६८

नि.नं. 8649 — उत्प्रेषणयुक्त परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ बोलपत्र वा प्रस्ताव आव्हानको सूचनाको आधारमा प्राप्त प्रस्तावहरूको मूल्याङ्कन गरी सो प्रस्तावलाई स्वीकार गर्ने वा नगर्ने अधिकार यस्तो प्रस्ताव वा बोलपत्र आव्हानको सूचना प्रकाशित गर्ने व्यक्ति वा निकायमा सुरक्षित हुने हुँदा बोलपत्र प्रस्ताव आव्हानको सूचना टेण्डर, नोटिस, वीड नोटिस वा लिलामको सूचना वा यस्तै प्रकृतिका अन्य सूचनाहरूलाई प्रस्ताव मान्न नसकिने । § सूचनाको आधारमा प्रस्तावहरूको माग मात्र गरिने र यस्तो सूचनालाई नै कसैले स्वीकार गर्ने वा नगर्ने अवस्था समेत नहुने हुँदा यस्तो सूचनाको आधारमा मात्र पक्षहरू बीच करारीय दायित्वको सिर्जना हुन नसक्ने । § सूचनामा उल्लेख गरिएको कुनै शर्तको आधारमा नै प्रस्ताव पेश भई उक्त प्रस्ताव स्वीकार गरिएपछि यस्तो सूचनामा उल्लिखित शर्त सो प्रस्तावको अभिन्न अङ्ग मानिन्छ र प्रस्तावकको विरुद्ध बाध्यात्मक रुपमा लागू हुन्छ । प्रस्ताव स्वीकार भएपछि मात्र पक्षहरू बीच कानूनी दायित्व सिर्जना हुने । (प्रकरण नं.४) § बोलपत्रदाताले बोलपत्र (प्रस्ताव) मा उल्लिखित शर्तहरू पूरै अमान्य गर्नुको साथै बोलपत्रबापतको रकम एकमुष्ट बुझाउन पर्ने र बोलपत्रबापत कुनै नयाँ कर्जा पनि उपलब्ध नगराउने शर्त राखी बोलपत्र स्वीकार गरेको अवस्थामा यसरी प्रस्तावका शर्तहरू इन्कार गर्नुको साथै बोलपत्र प्रस्तुत गर्दा बोलपत्रको रकम किस्ता किस्तामा बुझाउने र उक्त रकम बुझाउन बैंकले ऋण पनि दिनुपर्ने भन्ने शर्त राखेकोमा उक्त शर्तको विपरीत ऋण पनि उपलब्ध नगराउने र बोलपत्रमा कबुल गरिएको रकम एकमुष्ट बुझाउन पर्ने शर्त राखी स्वीकृत गर्ने निर्णयबाट बोलपत्रदाता (प्रस्तावक) ले जुन अर्थमा प्रस्ताव (बोलपत्र) प्रस्तुत गरेको हो, सोही अर्थमा उक्त बोलपत्र (प्रस्ताव) स्वीकार गरेको थियो भनी मान्न नसकिने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8649
मुद्दाको विषयउत्प्रेषणयुक्त परमादेश
निर्णय वर्ष / मिति2067/12/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बलराम के.सी | माननीय न्यायाधीश श्री भरतराज उप्रेती
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8649
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्