नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8648 · वि.सं. २०६८

नि.नं. 8648 — उपयुक्त आदेश जारी गरिपाऊँ ।

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ करारको कुनै एक पक्षले दायित्वको रुपमा पालना गर्नुपर्ने शर्तको आधारमा थप तथा नयाँ काम गर्ने ठेक्का पनि निजले पाउने अधिकार हुन्छ भन्नु करार ऐन, २०५६ को दफा ७४ विपरीत कार्य हुने । (प्रकरण नं.२) § कुनै पनि करारको अवधि समाप्त भई सो करारअनुसारको काम पनि सम्पन्न भएपछि दफा ८७(२) अनुसार कुनै पनि आदेश जारी हुन नसक्ने । (प्रकरण नं.४) § करारबमोजिमको काम पूर्ण रुपमा सम्पन्न भई यसरी सम्पन्न गरेको कामको Defect Liability Period समाप्त भएको र करारअनुसारको काम सम्पन्न भई सोको भुक्तानी समेत बुझी लिई ठेक्काअनुसार काम सम्पन्न भएको प्रमाणपत्र समेत लिइसकेको अवस्थामा करार परिपालनाद्धार समाप्त (Termination by performance) हुँदा अब कुनै पनि प्रकारको करारीय सम्बन्ध (Contractual Relation) कायम भए रहेको छ भनी मान्न नसकिने । (प्रकरण नं.७) § करारअन्तर्गत गर्नुपर्ने सम्पूर्ण काम सम्पन्न भई सो कामको Defect Liability Period नै समाप्त भैसकेको र काम सम्पन्न गरेको प्रमाणपत्र समेत लिइसकेको अवस्थामा कुनै करारीय सम्वन्ध नै कायम नरहेकोले करार ऐनको दफा ८७ अनुसार निवेदन दिन नसकिने । (प्रकरण नं.८)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8648
मुद्दाको विषयउपयुक्त आदेश जारी गरिपाऊँ ।
निर्णय वर्ष / मिति2067/12/07
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री भरतराज उप्रेती
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8648
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्