नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8641 · वि.सं. २०६८
नि.नं. 8641 — नापी दर्ता बदर खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ मुलुकी ऐन दण्ड सजायको ४३ नं. मा मुद्दा फैसला भई पुनरावेदनको उजूरको म्याद नाघेपछि जायजातबाट भराउने विगोबाहेक फैसलाबमोजिम चलन पाउने वस्तु चलन गर्न जाँदा नदिएमा भन्ने व्यहोरा रहेको हुँदा यदि फैसलाबमोजिम आफ्नो हक कायम भएको जग्गामा कुनै बाधा बिरोध विना घरसारमा नै निर्विवाद भोगचलन गर्न पाएको अवस्थामा चलन चलाउनेतर्फ कारवाही नचलाई भोग गर्न पाउने व्यवस्था विद्यमान भएको हुँदा त्यसतर्फको प्रतिवादीको जिकीर तर्कसंगत नभएको, विना विवाद भोगचलन गर्न पाएपछि चलन हटकतर्फ उजूरी गर्नुपर्ने भन्ने अवस्था नै नआउने । (प्रकरण नं.३) § फैसलाबमोजिम हक स्थापित भएको तथा भोगसमेत भएको एकाको जग्गामा आफ्नो हकै नपुग्ने जग्गालाई नापी कार्यालयले अर्काको नाउँमा जग्गा दर्ता गरिदिएको आधारमा जग्गा खिचोला गरी भोगचलन गर्दैमा हक समाप्त हुने देखिँदैन । भोगमा अवरोध गरेको मितिमा जग्गा खिचोलाको उजूर गर्न पाउने । (प्रकरण नं.४) § प्राकृतिक न्यायको सिद्धान्तअनुसार जसको विरुद्ध प्रमाण लाग्ने हो निजलाई जानकारी प्रत्यक्ष रुपमा नदिएको अवस्थामा हदम्याद जान नसक्ने । § वारिस बसेको मुद्दामा फैसला भइसकेपछि त्यस्तो वारिसको प्रयोजन समाप्त हुन जान्छ । त्यसरी विवादको अन्त्य भएपछि वारिसले पत्र बुझेको अवस्थामा विवादको अन्त्य भएपछि बुझेको पत्रको आधारमा हदम्याद जान नसक्ने । (प्रकरण नं.५) पुनरावेदक प्रतिवादीतर्फः विद्वान वरिष्ठ अधिवक्ता श्री महादेवप्रसाद यादव र अधिवक्ता श्री नारायण झा
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8641 |
|---|---|
| मुद्दाको विषय | नापी दर्ता बदर खिचोला |
| निर्णय वर्ष / मिति | 2068/02/02 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय |
| मुद्दा नं. | ०६५-CI-०४६८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8641 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
