नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8640 · वि.सं. २०६८

नि.नं. 8640 — उत्प्रेषण मिश्रित परमादेश

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ फैसला कार्यान्वयनले विशेष सक्रियताको अपेक्षा राख्दछ । कुनै पक्ष त्यो कहिल्यै कार्यान्वयन नहोस् भन्ने उद्देश्यले सदैव क्रियाशील रहने खालको हुन्छ । ढिलाई गर्ने एकमात्र उद्देश्य राख्ने पक्षका क्रियाकलाप पनि अदालतले अध्ययन र विश्लेषण गर्नुपर्ने विषय हुन् । फैसला कार्यान्वयनलाई सघाउ पुर्‍याउनु पक्षको पनि कर्तव्य हो । खासगरी जसका भोग, कब्जा, दर्तामा सो सम्पत्ति छ, उसले अदालतको फैसलाले अर्को पक्षलाई दिनुपर्ने भाग हिस्सा दिने सदाशय राखेको हुनुपर्छ । कुनै फैसला कार्यान्वयन गरिएको कार्यलाई चुनौती दिने पक्षले फैसलाअनुसार के कसरी सो फैसला कार्यान्वयन हुनु पर्दथ्यो भन्ने कानूनसम्मत बिकल्प पनि दिन सक्नुपर्ने । § कार्यविधिका रौंचिरा त्रुटि औँल्याइएका आधारमा मात्र कार्यान्वयन भइसकेको प्रक्रियालाई लम्व्याउनु न्यायोचित हुँदैन । हार्ने पक्षलाई आफूले निर्वाह गर्नुपर्ने दायित्व वा कर्तव्यको जानकारी हुन्छ र उसलाई सूचना दिई कार्यान्वयन प्रक्रिया आरम्भ भएको छ र यो प्रक्रिया कानूनद्वारा निर्धारित आधारभूत व्यवस्थाप्रतिकूल देखिँदैन भने सो प्रक्रिया तथा आदेश थप न्यायिक परीक्षणको बिषय बन्न नसक्ने । § कार्यान्वयन प्रक्रिया वा आदेशबाट सोलाई चुनौती दिने पक्षका फैसलाबिपरीत हक नै लोप भएको देखिन्छ भने मात्र फैसला कार्यान्वयनको प्रक्रिया वा आदेशमा माथिल्लो अदालतबाट हस्तक्षेप गर्नुपर्ने । (प्रकरण नं.७) § चलन चलाउँदा जग्गाको क्षेत्रफल घटी बढी भएको भन्ने जिकीर नभएको अवस्थामा अदालतको डोरले चलन चलाएकोभन्दा बाहेक यसरी चलन छुट्याएको भए नरमगरम हुने थियो भनी कुनै न्यायोचित विकल्प सुझाउन नसकेको अवस्थामा अदालतको फैसलालाई कार्यान्वयन नगरी त्यतिकै निष्क्रिय राख्नु न्यायको रोहमा उचित नहुने । (प्रकरण नं.८) निवेदकतर्फबाट उपस्थित विद्वान अधिवक्ताद्वय द्रोणराज रेग्मी र धर्मराज रेग्मी

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8640
मुद्दाको विषयउत्प्रेषण मिश्रित परमादेश
निर्णय वर्ष / मिति2068/03/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गिरीश चन्द्र लाल | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8640
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्