नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8637 · वि.सं. २०६८
नि.नं. 8637 — अंगभंग
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ फौजदारी कानून र न्यायको एउटा महत्वपूर्ण उद्देश्य भनेको कसूरदारलाई सजाय गर्नुको साथै अपराधको रोकथाम र नियन्त्रण गरी समाजमा शान्ति र व्यवस्था कायम गर्नु पनि हो । कसूरदारलाई सजाय तोक्दा दण्ड गरे जस्तो मात्र देखिनु हुँदैन । कसूरको मात्रा र गाम्भीर्यताअनुसार दण्ड पाएको अनुभूति गरी पश्चातापको वातावरण पनि सिर्जना हुने किसिमले दण्ड गर्नुपर्ने । (प्रकरण नं.६) § ऐन कानूनले कैदको सजाय कसूरदारहरू बीच दामासाही हुने भनी स्पष्ट नभनेको अवस्थामा दामासाही गर्नु तर्क एवं न्यायपूर्ण देखिदैन । यदि एक व्यक्तिले गर्ने कसूर अपराधमा निजलाई हुने दण्ड सजाय नै सामूहिक रुपमा अपराध गर्ने व्यक्तिलाई तोकी दण्ड सजाय कसूरदारहरूका बीच दामासाही गरी तोक्ने हो भने एक्लैले गरेको भए हुने सजायभन्दा औसतमा कम सजाय हुन गई सजायको प्रभाव न्यून हुन जाने । § एक व्यक्तिले गर्ने अपराधभन्दा एकभन्दा बढी व्यक्तिहरू मिली सामूहिक तबरले गरिने अपराधमा कसूरको मात्रा र गुरुत्व बढी हुने हुँदा कसूरदारलाई दिइने कैदको सजायमा ऐनले कसूरदारहरूका बीच दामासाही हुने भनी स्पष्ट व्यवस्था गरेको अवस्थामा बाहेक कसूरदारहरूलाई कैदको सजाय गर्दा दामासाही नगरी जनही गर्नु न्यायोचित हुने । (प्रकरण नं.८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8637 |
|---|---|
| मुद्दाको विषय | अंगभंग |
| निर्णय वर्ष / मिति | 2068/02/24 |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ |
| मुद्दा नं. | २०६४-CR-००१८ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8637 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
