नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8633 · वि.सं. २०६८

नि.नं. 8633 — उत्प्रेषण परमादेश समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ कम्पनी नै नाजुक अवस्थामा पुगी कम्पनी सञ्चालन गर्न नसकिने अवस्थामा कामदार कर्मचारीको सेवाको आवश्यकता नभएको भनी भन्न नपाउने वा कम्पनी सञ्चालन गर्न नसकी खारेज गर्नुपर्ने भएमा वा कम्पनी बन्द भएको अवस्थामा पनि कामदार कर्मचारीहरूलाई काम नगराई तलवभत्ता दिइरहनुपर्छ भन्ने तर्क औचित्यपूर्ण नहुने । § हिमाल सिमेन्ट कम्पनी सरकारी कम्पनी भएको कारण त्यसको अन्तिम दायित्व सरकारमा रहने भएको कारण सरकारको पनि यसमा कुनै भूमिका रहँदैन भन्न मिल्दैन । आफनो लगानीमा खोलेका कम्पनी, संस्थान वा कारखानाहरूलाई सञ्चालन गर्न नसकेमा कस्तो प्रकृतिको निजीकरणको मोडेल अपनाउने भन्ने अधिकार निजीकरण ऐन, २०५० ले सरकारलाई दिएको हुँदा कम्पनी कारखाना सञ्चालन हुन नसकी बन्द भएको अवस्थामा त्यसमा कार्यरत् कर्मचारीहरूलाई नियमानुसार सुविधा दिई अवकाश दिन पाउने नै हुँदा स्वेच्छिक अवकाश दिन मिल्दैन भन्न नमिल्ने । (प्रकरण नं.३) § सर्वोच्च अदालतको निर्णयले Cut of Date बदर नभै कायम रहेको, सोही मितिलाई स्वीकार गरी स्वेच्छिक अवकाशको निवेदन दिई कम्पनीले दिनुपर्ने तलवभत्ता र सुविधा समेत बुझी लिइसकेको र बीमा छूट भयो भनी सो बीमा प्रिमियम समेत बुझी लिई पटकपटकको व्यवहारबाट Cut of Date स्वीकार गरेको देखिँदा तलवभत्ता सुविधा दिने समय निर्धारण गरेको Cut of Date लाई अन्यथा हो भन्न र पटकपटक निवेदन दिई लिखित रुपमै स्वीकार गरी सहमतिअनुसार पाउने सुविधा लिइसकेको अवस्थामा अहिले आएर सो Cut of Date मा हाम्रो मञ्जूरी छैन भनी आफूले गरेको सहमति सम्झौता स्वीकार गर्दैनौ भन्न नमिल्ने । (प्रकरण नं.५) · Cut of Date स्वीकार गरेका र नगरेका तथा स्वेच्छिक अवकाशमा सहभागी भएका र सो योजनामा सहभागी नभएका कर्मचारीहरू समान स्थिति, अवस्था र हैसियतका हुन भन्न मिल्दैन । बेग्ला बेग्लै परिस्थिति र अवस्था भएका कर्मचारीहरू बीच बेग्ला वेग्लै व्यवहार गर्नुनै समानता हुन जाने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8633
मुद्दाको विषयउत्प्रेषण परमादेश समेत
निर्णय वर्ष / मिति2068/01/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री तर्कराज भट्ट
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8633
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्