नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8632 · वि.सं. २०६८

नि.नं. 8632 — उत्प्रेषणसमेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ नाबालकको सम्पत्ति अलग गर्नुपर्ने नपर्ने स्थिति ऋण कर्जा लिँदाको समयमा आउने नभै जायजात गर्दाको अवस्थामा मात्र आउने गर्दछ त्यसकारण उमेर कति छ र कसको अंश वा सम्पत्ति लिलाम गर्ने कसको नगर्ने भनी उमेरको गणना सोही समयमा गर्नुपर्ने । § ऐनमा धन खाँदा बाह्र वर्षदेखि माथिको भन्ने शव्द नभै धन खाने बाह्र वर्षदेखि माथिको भन्ने शब्द भएको कारण धन खाँदाको वा लेनदेनको कारोवार गर्दाको वा ऋण लिँदाको समयमा व्यक्तिको उमेर १२ वर्षदेखि माथिको थियो वा मुनिको थियो भनी हेर्नुपर्ने स्थिति नै हुँदैन । घरको मुख्यले ऋण लिएमा सो घरका सबै सदस्यले सो ऋणको उपभोग गर्ने हुँदा त्यसमा सानो उमेर र ठूलो उमेरले अन्तर नगर्ने । § ऋण लिँदा सँगै बसेको र पछि भिन्न हुनेको हकमा धन खाँदा भन्ने शब्द र १२ वर्षदेखि माथिको ऐनबमोजिम मानो नछुट्टिई सँग बसेकाको हकमा धन खाने भन्ने शब्द प्रयोग भएबाट विधायिकाले प्रयोग गरेको वेग्ला वेग्लै शव्दको अर्थ फरकफरक उद्देश्य र अर्थका लागि प्रयोग भएका हुन्, एउटै आसयमा दुई शब्द प्रयोग भएका होइनन् भनी मान्नुपर्ने । § जायजात गर्दाको समयमा नै कस्तो कस्तो सम्पत्ति र कस कसको सम्पति जायजात लिलाम गर्न हुने र कसको कस्तो सम्पत्ति जायजात लिलाम गर्न नहुने भनी विभाजन गरी लिलाम गर्नुपर्ने स्थिति आउने हुँदा जायजात लिलाम डाँक गर्दा नै व्यक्तिको उमेर कति छ भनी हेर्नुपर्ने र जायजात लिलाम गर्दाको समयमा १२ वर्षभन्दा कम उमेरको भए निजको अंश जायजात लिलाम गर्न नहुने तर जायजात लिलाम गर्दाको दिनमा १२ वर्ष उमेर पुगेको वा सोभन्दा माथिको रहेछ भने त्यस्तो व्यक्तिको अंशलगायत सम्पत्ति जायजात लिलाम गर्नुपर्छ । अतः जायजात लिलाम गर्दाको दिनमा १२ वर्ष पुगेको वा सो भन्दा माथिको उमेरको रहेछ भने त्यस्तो व्यक्तिले उक्त ऐनबमोजिम सुविधा पाउँछ भन्न नमिल्ने । (प्रकरण नं.४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8632
मुद्दाको विषयउत्प्रेषणसमेत
निर्णय वर्ष / मिति2068/01/29
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बलराम के.सी. | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8632
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्