नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8630 · वि.सं. २०६८

नि.नं. 8630 — गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जुन सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको हो त्यस्तो सम्पत्ति आर्जन गर्दा हालको मूल्य तिरिने नभई तत्काल प्रचलित मूल्य नै लगानी भएको हुन्छ । तत्समयको आयस्रोतका आधारमा आर्जित सम्पत्तिको स्रोत पुष्टि भए नभएको कुरालाई नै ऐनले कानूनी र गैरकानूनी आर्जन छुट्याउने मापदण्ड मानेको हुँदा त्यस्तो सम्पत्ति आर्जन गर्दा स्रोत कति थियो र कति लगानी गरेको हो भन्ने कुराबाटै कसूर निर्धारण हुने र विगो कायम गर्नुपर्ने । (प्रकरण नं.१५) § अभियोग दावीमा स्रोत खुलेको र नखुलेको सम्पत्तिका सम्बन्धमा किटान नभएको अवस्थामा अदालतले न्यायिक विवेक प्रयोग गरी त्यस्तो वर्गीकरण गर्नुको विकल्प नभएकोले सो कुरामा प्रश्न उठाउनु उचित हुन नसक्ने । (प्रकरण नं.१९) § अनुसन्धानको प्रक्रियामा रहन गएका भनिएका र सम्बन्धित अदालतबाट मौकैमा सुपरिवेक्षण भएका प्राविधिक प्रकृतिका अति सूक्ष्म विषयहरूलाई जुनसुकै तहसम्म उठाइएकै कारणबाट मुद्दाको विषयवस्तुभित्र अन्तर्निहीत रहेका मुख्य कानूनी र तथ्यगत प्रश्नहरू ओझेलमा परेको वा तिनको सान्दर्भिकता कम भएको सम्झन र अर्थ गर्न नमिल्ने । § बकसपत्रबाट सम्पत्ति प्राप्त गर्न सामान्यतया बकसपत्र पाउनेले दातालाई निजको व्यवहारमा कुनै तरहले सहयोग पुर्‍याएको वा सेवा गरी रिझाएको हुनु पर्ने स्थिति र अवस्थाको विद्यमानता अपरिहार्य हुने । (प्रकरण नं. ३७) § देवानी मुद्दामा सम्पत्ति हस्तान्तरणको क्रियाबाट कसैको हक गए नगएको कुरालाई मुख्य रुपमा हेर्ने गरिन्छ । साथै सम्पत्ति प्राप्त गर्ने कुरामा प्राप्तकर्ताको निजी ज्ञान, सीप वा प्रयासले सो सम्पत्ति प्राप्त गरेको हो, होइन र अन्य कसैलाई बण्डा गर्नुपर्ने नपर्ने विषयमा सम्म निर्णय निरोपण हुने गर्दछ । तर बकसपत्र प्राप्त गर्ने कार्य कानूनविपरीत हुँदैन भन्ने कुराको आडमा गैरकानूनी आर्जनलाई लुकाउने माध्यमको रुपमा यस्तो व्यवहारलाई सदैब मान्यता दिइनु पर्दछ भन्ने तर्क न्यायोचित हुन नसक्ने । (प्रकरण नं. ३९) § विगत लामो अवधिको कृषि आयको दावी लिइएको स्थितिमा प्रतिवादीका के कुन जग्गामा के कुन सालमा के कस्तो प्रकृतिको बाली लगाइएको थियो, त्यसबाट के कति परिमाणमा उब्जनी भएको थियो र निजले सोबापत के कति रकम प्राप्त गरेको हो भन्ने कुरा हाल आएर ठोस रुपमा यकीन गर्ने कार्य सजिलो नभए तापनि स्रोत देखिन्छ भने त्यसबाट आय प्राप्त हुने कुरालाई सहजै इन्कार गर्न न्यायोचित नहुने । (प्रकरण नं. ४२) § न्यायिक प्रक्रियामा प्रमाण बुझ्ने तथा प्राप्त प्रमाण ग्रहण गर्ने सम्बन्धमा निश्चित् कानूनी आधार र न्यायिक मापदण्डहरू रहेका छन् । त्यसको विपरीत जुनसुकै प्रक्रियाबाट मिसिलमा समावेश हुन आएका कुरालाई प्रमाणको रुपमा मान्न र त्यसको आधारमा कुनै पनि न्यायिक निष्कर्षमा पुग्न सम्भव नहुने । (प्रकरण नं. ४४) § शपथपत्रको माध्यमबाट विदेशमा सम्पत्ति पाएको भनी जिकीर लिने पक्षले त्यस्तो सम्पत्ति आफ्नो मुलुकमा के कुन मितिमा, के कुन माध्यमबाट आएको, जम्मा भएको, सटही भएको हो सो सबै कुराको कारोवार (Transaction) प्रमाणित हुने आधारसहित पुष्टि गर्नुपर्ने । (प्रकरण नं. ५१) § अमूर्त रुपमा कसैलाई उच्च जीवनशैली बिताएको भनी आरोप लगाउनु मात्र पर्याप्त हुँदैन । यस्तो आरोप प्रमाणित हुनका लागि निश्चित वस्तुगत आधारहरूको उपस्थिति पनि अपरिहार्य हुन्छ भन्ने कुरामा विमति हुन सक्दैन । (प्रकरण नं. ५४) § गैरकानूनी आर्जन वा भ्रष्टाचारको सन्दर्भमा उच्च जीवन यापन गरेको भन्ने प्रश्न उठ्छ भने निःसन्देह रुपमा त्यसको प्रत्यक्ष सम्बन्ध अन्य कुरामा भन्दा मौद्रिक वा आर्थिक गतिविधि वा क्रियाकलापसँग जोडिएको भौतिक विषयसँग रहेको मान्नु पर्ने । § अस्वाभाविक तथा उच्च जीवनस्तर यापन गरेको भनी ऐनमा प्रयुक्त भएको उक्त वाक्यांशले कुनै राष्ट्रसेवकले प्राप्त गर्ने वैध आयस्रोतको तुलनामा अमिल्दो वा नसुहाउने तथा धान्न नसक्ने जीवनस्तर यापन गर्ने वा गरेको कुरालाई ईंगित गरेको सम्झनु पर्ने । (प्रकरण नं. ५५) § हाल साथमा नरहेको (Non-possession) भन्नेसम्मकै आधारमा विगतमा अस्तित्व प्रमाणित भई राष्ट्रसेवको आयको तुलनामा अमिल्दो र अस्वाभाविक तथा निजको जीवनस्तर उच्च बनाउने स्रोतहरूको खोजी गर्न नमिल्ने । (प्रकरण नं. ५९) § कर फर्छ्यौट वा लगतकट्टा प्रयोजनको लागि मौकामा कर कार्यालयमा पेश गरेको विवरण मौजुद हुँदाहुँदै सोको विपरीत हुने गरी पछिबाट पेश गरिएका लेजर वा वासलातबमोजिमको कारोवारको अङ्कलाई मान्यता दिन नमिल्ने । (प्रकरण नं. ७६) § खाताको रकम ब्याजबापतको भएकोले त्यसको स्रोत दिनुपर्ने होइन भनी जिकीर लिनको लागि त्यसको मूलधन बैध थियो भन्ने तथ्य पुष्टि गर्न सक्नुपर्ने हुन्छ । तत्काल खातामा नरहेको कारणले मूलधनउपर दावी भएन भन्दैमा ब्याज स्वतः बैध भएको भनी अर्थ गर्न नमिल्ने । (प्रकरण नं. १००)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8630
मुद्दाको विषयगैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको
निर्णय वर्ष / मिति2068/05/21
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8630
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्