नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8629 · वि.सं. २०६८

नि.नं. 8629 — काठ चोरी निकासी

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अवैध रुपमा वन पैदावर ओसार–पसार गर्ने कार्यमा सवारीधनी आफू संलग्न पनि नभएको वा अवैध वन पैदावर ओसार–पसार गर्ने निजको मनसाय पनि नभएको तथा आफ्नो सवारी साधन अवैध वन पैदावर ओसार–पसार गर्ने कार्यमा प्रयोग हुँदैछ भन्ने थाहा जानकारी पनि नभएको र त्यस्तो कार्यमा निजको अनुमति, मञ्जूरी वा सहमति रहेको पनि नदेखिएको अवस्थामा निजको सवारी साधन जफत हुनु न्याय वा औचित्य कुनै पनि दृष्टिबाट तर्कसंगत नहुने । (प्रकरण नं.८) § कानूनको व्याख्या गर्दा सर्वप्रथम कानूनमा प्रयोग भएका शब्द वा शब्दावलीले दिने सामान्य अर्थ सुस्पष्ट, व्यावहारिक, विवेकसम्मत् र न्यायपूर्ण भएसम्म सोही अर्थ ग्रहण गर्नुपर्दछ भन्ने कानून व्याख्याको सामान्य सिद्धान्त रहेको छ । तर कानूनको शाब्दिक व्याख्या गर्दा त्यस्तो तर्कपूर्ण, विवेकसंगत, व्यावहारिक एवं न्यायपूर्ण अर्थ ननिस्कने भएमा शाब्दिक व्याख्याको नियमलाई अनुशरण गर्नु उपयुक्त नहुने । § “कसूर गरेको ठहरिएमा” भन्ने वाक्यांशको आशय वन ऐनअन्तर्गत घटेको कसूर वा वारदातसँग बरामद भएको बोझबाहक साधनको धनीको कुनै तादम्यता नै रहनु नपर्ने भनी व्याख्या गर्न नमिल्ने । § साधनधनी स्वयंको संलग्नतामा वा निजको सहमति, स्वीकृति, मञ्जूरी वा जानकारीमा वन ऐनअन्तर्गतको कसूरमा बोझबाहक साधनको प्रयोग भएको ठहरिएमा त्यस्तो साधन जफत हुनु कानूनसम्मत मात्र नभई न्यायोचित र विवेकसम्मत समेत हुने । (प्रकरण नं.११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8629
मुद्दाको विषयकाठ चोरी निकासी
निर्णय वर्ष / मिति2068/03/30
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री तर्कराज भट्ट | माननीय न्यायाधीश श्री ज्ञानेन्द्रबहादुर कार्की
मुद्दा नं.०६७-CF-००२४
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8629
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्