नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8628 · वि.सं. २०६८

नि.नं. 8628 — बन्दीप्रत्यक्षीकरण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ संरक्षकलाई सम्बन्धित व्यक्तिको हित अहितको विचार गर्ने जिम्मेवार व्यक्तिको रुपमा हाम्रो कानूनले मान्नुका पछाडि नेपाली समाजको पारिवारिक संरचना र सोसँग अन्योन्याश्रित सामाजिक तथा साँस्कृतिक मूल्य मान्यताहरू रहेको देखिन्छ । संयुक्त परिवार प्रथा नेपाली समाजको परम्परागत विशेषताको रुपमा रहेको छ । संयुक्त पारिवारिक संरचनामा संरक्षकको अभिभावकत्वको महत्वपूर्ण भूमिका रहने गर्दछ । संरक्षकको अभिभावकत्वलाई पारिवारिक अनुशासनको रुपमा लिने गरिन्छ । परिवारका प्रत्येक सदस्यको हित अहितको बारेमा विचार गर्ने अधिकार संरक्षकले राख्नु पर्ने । (प्रकरण नं.१४) § जुनसुकै अवस्थामा पनि जहाँ जहाँ विवाहको प्रसंग आउँछ त्यहाँ कानूनले सम्बन्धित जोडीहरूको स्वतन्त्रता र पूर्ण पारस्परिक सहमतिलाई पहिलो पूर्वशर्तको रुपमा मानेकै हुन्छ । त्यसकारण १८ वर्ष उमेर पुगेका महिला वा पुरुषको विवाहको सन्दर्भमा पनि उनीहरूको पूर्ण सहमति र स्वतन्त्रता नै पहिलो पूर्वशर्तको रुपमा रहन्छ र त्यसपछि मात्र संरक्षकको मञ्जूरी वा सहमतिको प्रसंग आउने हुन्छ । त्यसैले संरक्षकको मञ्जूरी आवश्यक हुने भन्ने बिहाबरीको २ नं.को प्रावधान सम्बन्धित जोडीहरूको अहितमा प्रयोग हुने प्रावधान हो र सो प्रावधान उनीहरूको स्वतन्त्रता र सहमतिलाई प्रतिस्थापन गर्नेतर्फ मात्रै परिलक्षित छ भन्ने खालको पूर्वाग्रही र नकारात्मक धारणा बनाई उक्त प्रावधानको संवैधानिकताको परीक्षण गर्नु युक्तिसंगत नदेखिने । (प्रकरण नं.१५) § बिहाबरीको २ नं.ले विवाह गर्ने उमेरको सम्बन्धमा महिला र पुरुषका लागि छुट्टाछुट्टै उमेर निर्धारण गरेको देखिँदैन । महिला र पुरुष दुबैंका लागि २० वर्षको उमेरलाई विवाहयोग्य उमेरको रुपमा निर्धारण गरी संरक्षकको मञ्जूरी भएमा १८ वर्षमै पनि विवाह हुनसक्ने प्रावधान रहेको देखिँदा त्यसले महिला र पुरुषका बीचमा भेदभावपूर्ण व्यवहार गरेको र संविधानको धारा १३(१) द्वारा प्रदत्त कानूनको समान संरक्षणको हकलाई कुण्ठित तुल्याएको भन्ने नदेखिने । (प्रकरण नं.१६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8628
मुद्दाको विषयबन्दीप्रत्यक्षीकरण
निर्णय वर्ष / मिति2068/01/29
अदालत / इजलासविशेष इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री कल्याण श्रेष्ठ | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय
मुद्दा नं.२०६७-WS-००२२
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8628
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्