नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8624 · वि.सं. २०६८

नि.नं. 8624 — अंश हक कायम दर्ता

सिद्धान्त / नजिर सार (Headnote Summary)

· कुनै पनि लिखतको व्याख्या गर्दा त्यसमा कर्ताहरूको अभिप्राय निर्क्यौल गर्नुपर्ने हुन्छ । लिखतको व्यहोरा कर्ताहरूले व्यक्त गर्ने कुरा हो । कानूनअनुरूपका शर्त बन्देज लिखतमै लेखिने कुरा हुन् । लिखत यसरी नै लेखिनु पर्छ भन्न नमिल्ने । · राजीनामालगायतका घरायसी लिखतसमेतमा उल्लेख हुनुपर्ने विषयवस्तु केही कानूनले र केही प्रचलनद्वारा निर्धारित छन् । सामान्य रुपमा लेखिने लिखतमा उल्लेख हुने सामान्य व्यहोरा र कैफियत समेतका रुपमा उल्लेख हुने विशेष व्यहोरामध्ये कैफियत व्यहोराले लिखतका कर्ताहरूको खास उद्देश्य अभिव्यक्त गर्दछ । सामान्यभन्दा पृथक व्यहोरा कैफियतका रुपमा लेखिन पर्नाका खास कारण हुन्छन् । अदालतले कुनै लिखतको व्याख्या गर्नुपर्दा समग्र लिखतको अर्थ र उद्देश्य ठम्याउनु पर्ने हुन्छ । यसका लागि लिखतमा उल्लिखित कुनै पनि शब्द वा अभिव्यक्ति निरर्थक हुँदैनन् भन्ने कुरामा न्यायकर्ताले आफ्नो ध्यान केन्द्रित गर्नुपर्ने । · लिखतमा सामूहिक भाषा प्रयोग भई रकम पनि सामूहिक तवरले लिएको लेखिनु लिखतको सामान्य भाग हो भने कैफियत लेखी केही कुरामा विशेष जोड दिइनु विशेष भाग हुने । (प्रकरण नं.३) · कुनै पनि लिखतमा भएको कैफियत व्यहोरा उक्त लिखतको पेटबोलीमा भएका व्यहोरालाई थप स्पष्ट गर्न उल्लेख गरिने विशेष व्यहोराका रुपमा यसको प्रामाणिक बल बढी हुने । · संयुक्त दर्तावाला सबैको भागको जग्गा नै बिक्री गरेको भए कैफियत महलमा उल्लिखित व्यहोरा लेखी थप स्पष्ट गर्नुको औचित्यता समेत देखिन आउँदैनथ्यो भन्ने कुरा विशेष रुपमा हेक्का राख्नुपर्ने । (प्रकरण नं.४) · लिखतमा भएको समग्र व्यहोरालाई मनन् गरी अर्थ र प्रयोग गर्नुपर्नेमा आफ्नो सुविधा र असुविधाको आधारमा केही स्वीकार; केही अस्वीकार गर्न लिखतबाट हुने फाइदा लिई वेफाइदा हुने अवस्थामा अस्वीकार गर्न सिद्धान्ततः (Principle of Reprobate and Approbate) नमिल्ने । · एउटै लिखतमा उल्लिखित भएको केही कुरा स्वीकार र केही कुरा इन्कार गरी आफू अनुकूल व्याख्या गर्न मिल्दैन । यसो गरिन्छ भने त्यसले न्यायिक मान्यता पाउन नसक्ने । (प्रकरण नं.६) · जग्गाधनी प्रमाणपूर्जामा नाम जनिँदैमा सम्पत्तिमा सबैको बराबर हक हिस्सा रहेको अर्थ गर्न मिल्दैन । सम्पत्तिको प्रकृति, त्यसको हक हिस्साको स्वरुप र प्रमाणले कसको हक कति भन्ने कुरा यकीन हुने । (प्रकरण नं.९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8624
मुद्दाको विषयअंश हक कायम दर्ता
निर्णय वर्ष / मिति2067/11/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुशीला कार्की | माननीय न्यायाधीश श्री प्रकाश वस्ती
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8624
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्