नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8623 · वि.सं. २०६८

नि.नं. 8623 — फैसला बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अ.वं. ८६ नं. को साहारा लिई अदालतमा प्रवेश गर्ने व्यक्ति अघि चलेको मुद्दाको पक्ष विपक्ष नभई कुनै तेस्रो पक्ष रहेको हुनुपर्ने भन्ने कानूनी व्यवस्थाको मूल सार रहेकोमा वादी मुद्दाको पक्ष नभई तेस्रो पक्ष रहेको देखिन आएको र निजले हदम्यादभित्र नै उपचार खोजेको अवस्थामा हदम्यादविहीन तथा प्रचलित कानूनी व्यवस्थाविपरीत फिराद दायर गरेको भन्न नमिल्ने । (प्रकरण नं.५) § दूषित तवरबाट अरुको हक लाग्ने सम्पत्ति एकलौटी हो भनी देखाई भएको फैसला जतिसुकै तहबाट भए पनि बदरभागी हुन्छ, हरेक तहमा मर्का पर्ने व्यक्ति जानु पर्दछ बदर गराउनु पर्दछ भनी ब्याख्या गर्नु र मान्नु आत्मगत हुन जाने । (प्रकरण नं.६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.8623
मुद्दाको विषयफैसला बदर
निर्णय वर्ष / मिति2068/01/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रेम शर्मा | माननीय न्यायाधीश श्री कमलनारायण दास
मुद्दा नं.२०६३-CI-०४३४
उद्धरण सन्दर्भने.का.प. २०६८, नि.नं. 8623
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्