नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 8622 · वि.सं. २०६८
नि.नं. 8622 — शेषपछिको बकसपत्र लिखत बदर ।
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ आफ्नो हक पुग्ने सम्पत्ति आफूखुश गर्न पाउने हुँदा आफ्नो सम्पत्तिमात्र वकसपत्र गरी अर्को अंशियारको हकको सम्पत्ति सुरक्षित नै रहेको अवस्थामा वकसपत्रको लिखतमा अर्को अंशियारको मञ्जूरी हुनु नपर्ने । (प्रकरण नं.२) § हातको औला नहुनेले सम्पत्तिको छोडपत्र गर्दा निजलाई मर्का नपरोस् भनी अपुताली खाने व्यक्ति वा संरक्षक रोहबरमा राख्ने कानूनी व्यवस्था छोडपत्र गर्नेको हितलाई दृष्टिगत गरी भएको हो । उक्त सुरक्षार्थ भएको व्यवस्थाले औला नहुनेलाई अंकुश लगाएको भन्न मिल्दैन । औला नहुनेको हित संरक्षण गर्न बनेको कानूनले उसैको प्रतिकूल हुने गरी वाधा व्यवधान गर्छ भन्न नमिल्ने । § अपुताली खाने वा संरक्षक हुनुपर्नेले आफू रोहवरमा बस्न इन्कार रहे औला नहुने व्यक्तिको स्थिति साह्रै नाजुक हुन जान्छ । सुरक्षार्थ बनेको कानूनी व्यवस्था देखाई सम्पत्तिसम्बन्धी हक अधिकारलाई कुण्ठित गर्न नमिल्ने । (प्रकरण नं.३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 8622 |
|---|---|
| मुद्दाको विषय | शेषपछिको बकसपत्र लिखत बदर । |
| निर्णय वर्ष / मिति | 2068/01/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री कृष्णप्रसाद उपाध्याय | माननीय न्यायाधीश श्री वैद्यनाथ उपाध्याय |
| मुद्दा नं. | २०६५-CI-००८७ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०६८, नि.नं. 8622 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
